समाचार समाज

किशोरीलाई बन्धक बनाई यौन शोषन / खाजाघर सन्चालक पक्राउ

काठमाडौं । काठमाडौंमा किशोरीलाई यौन शोषण गरेको आरोप एक जना खाजा सञ्चालक पक्राउ परेका छन् ।

गुल्मी घर भई कोटेश्वरमा खाजा घर चलाउने ५२ वर्षीय नेत्रलाल ज्ञवाली पक्राउ परेका हुन् ।

मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको कोटेश्वरस्थित नेवारी खाजा घरमा किशोरीलाई यौन शोषण गरेको आरोपमा ज्ञवाली लाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता (एसपी) अनुराग द्धिवेदीका अनुसार २०७८ वैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया किशोरीलाई खाजा घरमा बन्धक बनाएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको अनुसन्धानबाट खुलेको छ ।

कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य पार्ने गरेको पनि अनुसन्धानबाट खुलेको हो । गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी द्धिवेदीले जानकारी दिए ।

ताजा समाचार

मध्यपुर ४ – मरुटोलमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न

Madhyapur Diary

मध्यपुरको लोकन्थलीमा फलामे धोकाले किचेर बालिकाको मृत्यु ।

Madhyapur Diary

मध्यपुरका यूवा गायक आश्रय रन्जितको मेरी मायालु बोलको गीतको भिडियो सार्वजनिक |

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy