समाचार समाज

किशोरीलाई बन्धक बनाई यौन शोषन / खाजाघर सन्चालक पक्राउ

Buzz Education

काठमाडौं । काठमाडौंमा किशोरीलाई यौन शोषण गरेको आरोप एक जना खाजा सञ्चालक पक्राउ परेका छन् ।

गुल्मी घर भई कोटेश्वरमा खाजा घर चलाउने ५२ वर्षीय नेत्रलाल ज्ञवाली पक्राउ परेका हुन् ।

मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको कोटेश्वरस्थित नेवारी खाजा घरमा किशोरीलाई यौन शोषण गरेको आरोपमा ज्ञवाली लाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता (एसपी) अनुराग द्धिवेदीका अनुसार २०७८ वैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया किशोरीलाई खाजा घरमा बन्धक बनाएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको अनुसन्धानबाट खुलेको छ ।

कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य पार्ने गरेको पनि अनुसन्धानबाट खुलेको हो । गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी द्धिवेदीले जानकारी दिए ।

Buzz Education

ताजा समाचार

कौशलटारमा भएको मोटर साईकल दुर्घटनामा एकको मृत्यु

Madhyapur Diary

आज कृष्ण जन्मास्टमी – सरकारले दियो सार्वजनिक बिदा

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा नँया बिशेष प्याकेज र छुटै छुटको व्यबस्था ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy