कर्त्तिक – ६ नेकपा ऐमाले मध्यपुर थिमि नगरपालिका वडा न ३ को वडा कमिटीको ऐतिहासिक अधिवेशन शनिवार सम्पन्न भएको छ । सो अधिवेशनमा नेकपा ऐमाले जिल्ला कमिटि अध्यक्ष बच्चन देउजा प्रमुख अतिथिको रूपमा रहनु भएको थियो भने भक्तपुर जिल्ला कमिटी सदस्य तथा वडा न. ३ का इन्चार्ज अनिस आचार्य, नगर कमिटीका अध्यक्ष सुर्य लाल श्रेष्ठ अतिथिका रूपमा रहनु भएको थियो ।
नेकपा ऐमाले वडा न ३ को अधिवेशनले वडा कमिटीको अध्यक्षमा क . राजेश बानिया, उपाध्यक्षमा सन्तोष शिलवाल चयन गरेको छ । त्यस्तै गरी सचिबमा प्रदिप रुपाखेती चयन हुनु भएको छ भने उपसचिब पदका लागि क्रमशः नम्रता थापा र सुबर्ण प्रभा गुरागाई चयन हुनुभएको छ ।
फोटो साभार – प्रदिप रुपाखेती