राजनीति समाचार

नेकपा ऐमाले मध्यपुर -८ र ९ वडा अधिवेशन उदघाटन सम्पन्न

Buzz Education

 

कार्तिक – ६ -नेपाल कम्युनिष्ट पार्टि (ऐमाले ) मध्यपुर थिमि नगरपालिका वडा न. ८ र ९ को वडा कमिटीको शनिवार प्रथम ऐतिहासिक संयुक्त वडा अधिवेशन उदघाटन कार्यक्रम सम्पन्न भएको छ  । नेकपा ऐमाले अध्यक्ष के पी शर्मा ओलीले प्राबिधिको प्रयोग मार्फत देशैभरीका ६७४३ वडा हरुको एकसाथ भएको उदघाटन भिडियो बाट शुरू भएको उक्त अधिवेशन बोडे स्थित नर्थ प्वाइन्ट मलमा सम्पन्न भएको हो ।

बिज्ञापन
बिज्ञापन

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा ऐमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य बच्चन देउजा को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने बिशेष अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख तथा जिल्ला कमिटी सदस्य मदन सुन्दर श्रेष्ठ , प्रदेश सभा सदस्य भाष्कर राज प्रधानाङग, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष सुर्यलाल श्रेष्ठ,जिल्ला कमिटी सदस्य राष्ट्र शमशेर थापा,  जिल्ला कमिटी सदस्य दिपेन्द्र थापा, जिल्ला कमिटी सदस्य शैलेन्द्र श्रेष्ठ लगाएतका नेकपा ऐमाले नेताहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता वडा न ८ का पार्टी अध्यक्ष  राजु माक : ले गर्नु भएको थियो।

कार्यक्रममा बोल्नु हुदै जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेश सांसद बच्चन देउजाले पछिल्लो समय एदाकदा पार्टीको सिद्धान्त भन्दा व्यक्तिको पछी लागि व्यक्तिगत स्वार्थ पुर्ति गर्ने प्रचलन देखिएको बताउनु हुँदै सो कुरालाई त्यागि पार्टी को संस्थागत निर्णयलाई आधार मानेर सामुहिकतामा बिश्वास गरी अघि बढ्नु पर्ने बताउनु भयो ।

पार्टी जिल्ला कमिटी अध्यक्ष बच्चन देउजा
पार्टी जिल्ला कमिटी अध्यक्ष बच्चन देउजा

नेकपा ऐमालेको अहीले हुन गई रहेको अधिवेसन एकताको अधिबेशन भएको र त्यो एकता अरु कुनै अरु पार्टी संग नभई पार्टी भित्रकै आपसि एकता भएको बताउनु हुदै अध्यक्ष देउजाले  व्यक्तिगत कुराहरुलाई पार्टीमा ल्याएर छटाछुल्ल पार्ने प्रबृति गलत रहेको बताउनु भयो ।

प्रमुख -

मध्यपुर थिमि वडा न प को अधिवेसन लाई शुभकामना दिनु हुँदै मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख तथा पार्टी जिल्ला कमिटी सदस्य मदन सुन्दर श्रेष्ठले बोल्नु हुँदै अहिले भईरहेको अधिवेशनमा आगामी दिनमा चुनिएर आएका नेताका रुपमा रहेन बताउँदै एकताको भाब सहीत रुपान्तरित नेकपा नै नेकपा ऐमाले हो भन्ने भाब सहित  पार्टी अघि बढेको बताउनु भयो ।बडा न ८ र ९ मा भएका बिकास निर्माणको बारेमा चर्चा गर्नु हुँदै प्रमुख मदन सुन्दर श्रेष्ठले सबैको भावनालाई समेट्दै आफूले नगर भित्रका सम्पूर्ण बिकास निर्माणमा समर्पित भएको बताउनु भयो ।

भापकर
प्रदेश सभा सदस्य भाष्कर राज प्रधानाङगले  बिगतका अधिवेशनहरु बिचार निर्माण र बिद्यान निर्माण को सतामा गुट र उपगुट निर्माण गर्ने थलोको रूपमा रहने गरेकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही समस्या समाधान हेटु बिधान अधिवेशनको अवधारणा अगाडी सारेको बताउनु भयो ।
वडा न ८ र ९ को बन्द सत्र कार्तिक ७ गते आईतबार हुने बताईएको छ ।

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

नया सवारी चालक आबेदन खुल्ने

Madhyapur Diary

मध्यपुरमा कांग्रेस नेता सुरेन्द्र श्रेष्ठको नगर प्रमुख पदमा ईक्छापत्र प्रस्तुत |

Madhyapur Diary

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy