राजनीति समाचार

मध्यपुर थिमिमा नेक्राबिसं,नेक्रायुसं र मध्यपुर नगर कमिटीको एमसिसी बिरोधि जुलुश र सभा

Buzz Education

 

असोज – ११ – नेपाल मजदुर किसान पार्टीको जनबर्गिय संगठनहरू नेपाल कान्तिकारी बिधार्थी संघ, नेपाल क्रान्तिकारी युवा संघ र नेमकिपा नगर समिति मध्यपुर थिमिले संयुक्त रुपमा सोमबार मध्यपुर थिमिमा अमेरिकी एमसीसी सम्झौता बिरुद्ध बिरोध जुलुश तथा सभा आयोजना गरीएको छ।


मध्यपुर थिमिको वडा न ७ नगदेश धुन्चेपाखो चोक बाट शुरू भएको उक्त कार्यक्रम मगरगाउं, सानोथिमि, नाट्यश्वरी हुँदै लोकन्थली चोकमा पुगेर सभामा परिणत भएको थियो।

एमसिसी बिरोध कार्यक्रम
एमसिसी बिरोध कार्यक्रम

धुन्चे चोकमा नेमकिपाका युवा नेता सुरेन्द्र था श्रेष्ठ द्वारा एमसिसी बिरुद्धको पर्चा बाचन गर्दै सुरु भएको उक्त र्‍याली लाई सम्बोधन गर्नु हुदै नेपाल मजदुर किसान पार्टीका मध्यपुर नगर समिति उपाध्यक्ष प्रेमजन थापा श्रेष्ठले अमेरिकी सरकारले नेपालका दलाल नेताहरुलाई प्रलोभनमा पारी नेपालको यूरेनियम खानीमा आखा लगाउन तथा नेपालको भूमिमा टेकेर चीन बिरुद्ध युद्ध गर्न एमसिसी परियोजना नेपालमा ल्याईन तयारी गरेको बताउनु भयो। नेपालमा एमसिसी लागु भएमा अमेरिकी सेना नेपाल आउने र त्यसको परिणाम सम्पूर्ण नेपाली जनताले भोग्नुपर्ने बताउनु भयो । एमसिसी सम्झौता लागु भएमा नेपाल अफगानिस्तानको हालतमा पुग्ने बताउनु भयो ।

नेमकिपा बिरोध जुलुश कार्यक्रम
नेमकिपाको एमसिसीबिरोध जुलुश कार्यक्रम
नेमकिपा बिरोध जुलुश कार्यक्रम
नेमकिपा एमसिसी बिरोध जुलुश कार्यक्रम

सयौको संख्यामा उपस्थिति रहेको उक्त बिरोध जुलुशमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तथा बागमती प्रदेश सॉसद सिर्जना सैजु लगाएतका नेताहरुको उपस्थिति थियो ।
नेपाल क्रान्तिकारी बिधार्थी संघका सचिब भरत परियारले लोकन्थली चोकको सभालाई सम्बोधन गर्नुहुदै एमसिसी परियोजना नेपालको संसदबाट पारित गर्नुपर्ने भन्नु को अर्थ एमसिसी सम्झौता नेपालको संविधान भन्दा माथि राखेर नेपालको संप्रभूता माथि हमला गर्न खोजेको बताउनु भयो ।

मध्यपुर डायरी संबाददाता

 

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको गाँखुमा एक पुरुष मृत फेला |

Madhyapur Diary

सिजीले ल्यायो सस्तो इन्टरनेट

Madhyapur Diary

इन्डोनेसिमा एक युवाले गरे राइस कुकुर संग बिहे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy