अशोज -८-इन्द्रजात्राको अन्तिम दिन शुक्रबार भक्तपुरमा पुलुकिसी जात्रा हुँदैछ । इन्द्रको बहान ऐरावत हातीलाई भक्तपुरको लाकुलाछें टोलबाट शुरू गरी नगरका बिभिन्न भागहरूमा परिक्रमा गराउने चलन रहि आएको छ। भक्तपुरमा पुलुकिसी भने बाँस बाट निर्माण गरि सेतो कपडाले छोपी हाँतीको आकार दिई नगर परिक्रमा गराउने चलन रहि आएको छ।

पुलुकिसी जात्रामा पुलुकिसी अगाडी जाने मानिसहरुले छ्वालीको राँको बाली जाने चलन रहेको छ भने एक व्यक्तिले पुलुकिसीको अगाडी डौडी घण्टी बजाई पुलुकिसी आएको संकेट गर्दै टोलटोल घुमाउने चलन रहेको छ ।
दरवार स्क्वायर , दत्तात्रय, तौमंढी लगाएतका स्थानमा पुलुकिसी एताउटा घुमाएको हेर्न हजारौ मानिसको भिड लाग्ने गर्छ ।
पुलुकिसी जात्रा लाकुलाछें टोलबाट सुभारम्भ भई नगरका बिभिन्न स्थानहरू परिक्रमा गरी पुन लाकुलाछें टोलमै पुगि समापन हुने चलन छ । यसरी पुलुकिसी परिक्रमा गर्दा पुलकिसीको सुंडले भुईमा छुवाउनु हुदैन भन्ने मान्यता रहिआएको छ ।
पुलुकिसी जात्रा सँगै भक्तपुरमा ८ दिन सम्म चल्ने इन्द्रजात्रा समापन हुने गर्छ ।
