समाचार

शिसा फुटाएर श्रीपेच चोर्न खोज्ने घर्ती पक्राउ –

Buzz Education

शुक्रबार नारायण हिटी दरबार संग्रालयमा शिशाको बाकस भित्र राखिएको श्रीपेच चोर्ने प्रयाश गरेको अवस्था रुकुमका २५ बर्षिय युवा खिम बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । रुकुमको मुसीकोट नगरपालिका ११ का घर्ती हाल काठमाण्डौ म्हेपी बस्दै आएको बताईएको छ ।
शिसाको शोकेस फुटाएर श्रीपेच चोर्न लागेको अवस्थामा  उन्लाई नजिकै ड्यूटी गर्दै गरेका सुरक्षाकर्मीले समातेको र प्रहरी समक्ष हस्तान्तरण गरेको हो।


संग्रालयको रुपन्देही कक्षमा रहेको तीन फिट लम्बाई र दुई फिट चौडाई भएको कांचको शोकेस रुपन्देदी कक्षकै खुकुरी निकालेर फुटाउन खोजेका थिए ।
रुपन्देही कक्षमा पूर्व राजाहरूले लगाएका श्रीपेच र प्रयोग गर्ने खुकुरीहरू राखिएको छ । घर्तीलाई ती सुरक्षाकर्मीले नियन्त्रणमा लिई दरबार मार्ग प्रहरी ब्रत्तमा बुझाएका थिए ।
प्रहरीले दिएको जानकारी अनुशार घर्तीको थप अनुसन्धान भई रहेको छ भने निजको मानसिक अवस्था बारे पनि थप अनुसन्धान भईरहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

नवलपरासीकी सियोनाको उपचारको लागि उठ्यो १९ करोड ४० लाख रुपैया ।

Madhyapur Diary

संसदीय दलको नेतामा चुनिय माधब कुमार नेपाल

Madhyapur Diary

मध्यपुरमा स्थानीय चुनाबमा महिला बिषयक कार्यशाला सम्पन्न |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy