असोज -३ -भाद्र शुक्ल चर्तुदशीका दिन आज काठ्मान्डौ आत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाईंदैछ । लिच्छबी कालिन इतिहास बोकेको इन्द्रजात्रा बिशेष गरी नेवार समुदायमा मनाइन्छ । बर्षा र सहकालका देवता इन्द्रको पुजा आरधाना गरी मनाइने भएकाले यस पर्वलाई इन्द्रजात्रा भनिएको बताइन्छ।
इन्द्रजात्रा पर्व मनाउने क्रममा भैरब, कुमारी र गणेशका रथ तानिन्छ भने योसिं ठडयाई ईन्द्र जात्राको सुरवात भएको मानिन्छ । हरेक बर्ष काभ्रेको नालाको जंगलबाट इन्द्रजात्राका लागि रुख ल्याइने गरीन्छ । बिगतका बर्षमा नालाबाट बिभिन्न ठाउँका जनताको सहभागितामा यो सिं तानेर ल्याउने गरिएतापनि यसपालि भने डोजरले तानेर काठमान्डौ सम्म ल्याईएको थियो ।
इन्द्रजात्राको अवशरमा पुलुकिसि लाखे र अन्य नाचहरू पनि नचाउने चलन रहेको छ।
इन्द्रजात्राको अवशरमा जिवित देबी कुमारी भैरब र गणेशको दर्शन गर्न राष्ट्र प्रमुखको सवारी हुने चलन छ ।
काठ्मान्डौका अलावा लालितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगाएतका नेवार सहरहरूमा यो पर्व मनाउने गरीन्छ ।