टीभी

कृष्णा द्वारा गोबिन्दाको कपिल शर्मा सो मा आउने कार्यक्रम बहिस्कार ।

चर्चित रियालिटी सो द कपिल शर्मा सो मा बलिउड हस्ती गोबिन्दा र उनकी श्रीमती सुनिता आहुजा सेलिब्रिटी गेस्टका रूपमा आउने भएपछी कृष्णाले उक्त एपिसोडको छायांकनबाट आफूलाई पर राखेका छन । करिब ३ बर्ष पहिले शुरू भएको उनीहरु बिचको खटपट अझै समाप्त भईनसकेको आँकलन गर्न थालिएको छ।

कृष्णाले भारतीय मिडियासँगको कुराकानीको क्रममा भनेका छन ।–‘म १५ दिनदेखि मेरो चलचित्र र कपिल शर्मा शोका लागि समय मिलाइरहेको छ । यसैले, म रायपुर र मुम्बइमा रहेर काम गरिरहेको छु । म सधै नै शोका लागि समय मिलाउने गर्छु । तर, जब शोमा गोविन्दा र सुनिता अतिथीको रुपमा उपस्थित हुँदैछन् भन्ने मैले थाहा पाएँ, यसपछि मैले प्रस्तुति दिन अस्विकार गरेको हुँ । मलाई लाग्छ कि हामी दुइले स्टेज शेयर गर्न हुँदैन ।’
कृष्णाले आफू फेरि विवादमा पर्न नचाहेको पनि बताएका छन् । उनले भनेका छन्–‘जब गोविन्दा कार्यक्रममा आउनेछन् । दर्शकले उनी र मविच कुनै न कुनै कटाक्ष सुन्न चाहनेछन् । यसकारण, राम्रो उपाय यो हुनेछ कि म स्टेजबाट टाढा बस्नेछु ।’


३ बर्ष पहिले कृष्णाकी श्रीमतीले गरेको ट्वीटलाई लिएर उनीहरूबीच मनमुटाब सुरू भएको मानिन्छ। पैसा र मानिसको स्वभाबको बारेमा गरीएको सो ट्वीटलाई लिएर गोबिन्दाकी श्रीमतीले सो ट्वीट आफुलक्षित रहेको बताएका थिए । त्यस पछाडी पनि उनीहरू बीच सम्बन्ध अझै चिसिदै गएको मानिन्छ।

ताजा समाचार

अभिनेत्रि रिचा शर्माले जन्माइन छोरा ।

Madhyapur Diary

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

Madhyapur Diary

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy