टीभी

कृष्णा द्वारा गोबिन्दाको कपिल शर्मा सो मा आउने कार्यक्रम बहिस्कार ।

Buzz Education

चर्चित रियालिटी सो द कपिल शर्मा सो मा बलिउड हस्ती गोबिन्दा र उनकी श्रीमती सुनिता आहुजा सेलिब्रिटी गेस्टका रूपमा आउने भएपछी कृष्णाले उक्त एपिसोडको छायांकनबाट आफूलाई पर राखेका छन । करिब ३ बर्ष पहिले शुरू भएको उनीहरु बिचको खटपट अझै समाप्त भईनसकेको आँकलन गर्न थालिएको छ।

कृष्णाले भारतीय मिडियासँगको कुराकानीको क्रममा भनेका छन ।–‘म १५ दिनदेखि मेरो चलचित्र र कपिल शर्मा शोका लागि समय मिलाइरहेको छ । यसैले, म रायपुर र मुम्बइमा रहेर काम गरिरहेको छु । म सधै नै शोका लागि समय मिलाउने गर्छु । तर, जब शोमा गोविन्दा र सुनिता अतिथीको रुपमा उपस्थित हुँदैछन् भन्ने मैले थाहा पाएँ, यसपछि मैले प्रस्तुति दिन अस्विकार गरेको हुँ । मलाई लाग्छ कि हामी दुइले स्टेज शेयर गर्न हुँदैन ।’
कृष्णाले आफू फेरि विवादमा पर्न नचाहेको पनि बताएका छन् । उनले भनेका छन्–‘जब गोविन्दा कार्यक्रममा आउनेछन् । दर्शकले उनी र मविच कुनै न कुनै कटाक्ष सुन्न चाहनेछन् । यसकारण, राम्रो उपाय यो हुनेछ कि म स्टेजबाट टाढा बस्नेछु ।’


३ बर्ष पहिले कृष्णाकी श्रीमतीले गरेको ट्वीटलाई लिएर उनीहरूबीच मनमुटाब सुरू भएको मानिन्छ। पैसा र मानिसको स्वभाबको बारेमा गरीएको सो ट्वीटलाई लिएर गोबिन्दाकी श्रीमतीले सो ट्वीट आफुलक्षित रहेको बताएका थिए । त्यस पछाडी पनि उनीहरू बीच सम्बन्ध अझै चिसिदै गएको मानिन्छ।

Buzz Education

ताजा समाचार

उदयीमान बलिउड नायिका अनन्याको घरमा प्रहरी छापा

Madhyapur Diary

सत्रुधन सिन्हाको ट्वीटर ह्याक

Madhyapur Diary

एप्पलले सावधानी अपनाउन अनुराेध-चार्जिङकाे क्रममा सतर्कता अपनाउन सुझाव

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy