भाद -२१- काठ्मान्डौ एमसिसीको बिरोधमा अमेरिकी राजदुतावास अगाडी प्रदर्शन गर्न पुगेकाहरु मध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ” राष्ट्रघाति एमसिसी सम्झौता तत्काल खारेज गर “भनि नाराबाजीमा उत्रेका उनीहरूलाई दिउसो प्रहरीले निशेधित क्षेत्रमा जुलुस गरेको अभियोगमा पक्राउ गरीएको हो
। पक्राउ परेकाहरू मोहन बैद्य नेतृत्वको
नेकपा क्रान्तिकारी माओबादी निकट बिधार्थीहरु रहेको बताईएको छ। उनीहरूलाई प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ।
देउवा नेतृत्वको सरकारले एमसिसी सम्झौता अगाडी बढाउने संकेत मिलेलगतै देश भरी जुलुस तथा आन्दोलनका कार्यक्रमहरू हुन थालेका छन ।