Uncategorized

भक्तपुरमा कानुन व्यबसायीहरुको भेला सम्पन्न ।

फागुन १७- कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर जिल्लाका कानून व्यवसायीहरूको भेला बुधबार सम्पन्न भयो । यही फागुन २० गते शनिबार हुन गइरहेको भक्तपुर जिल्ला बार एशोसियसनको निर्वाचनका सन्दर्भमा उक्त भेला आयोजना गरिएको हो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, कानुन अध्ययन समाजका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सुनिल प्रजापतिले पेसागत सङ्घ–सङ्गठनको निर्वाचनमा भाग लिनु प्रजातान्त्रिक अधिकारको अभ्यास र वैचारिक सङ्घर्ष भएको बताउनुभयो ।
पेसाअनुसारको कार्य गर्नुका साथै समाजलाई प्रगतितिर लाने बुद्धिजीवीको भूमिकासमेत निभाउनसक्नुपर्ने उहाँले बताउनुभयो ।
पदको निम्ति भागबन्डामा जान नहुने बताउँदै संस्थापक अध्यक्ष प्रजापतिले भागबन्डाको राजनीतिले प्रजातन्त्र, आलोचना र विरोधको संस्कृतिलाई कमजोर पारेको प्रस्ट पार्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्था भ्रष्टाचारको मुहान भएको बताउँदै पुँजीवादी व्यवस्थाको न्यायालय शुद्ध र भ्रष्टाचाररहित हुने कुरा सोच्न नसकिने बरु भ्रष्टाचार र पुँजीवादी व्यवस्थाको विरोधमा लाग्नुपर्ने बताउनुभयो ।
भेलामा कानुन अध्ययन समाज केन्द्रीय समितिका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले शासक पार्टी निकट ठूला सङ्गठनहरूले कानुनी शासन, देश र जनताको हितका विषयलाई उत्थानसम्म गर्न नसकेको बताउनुभयो । ती ठूला सङ्गठनका र वरिष्ठ भन्नेहरू पदका निम्ति असैद्धान्तिक गठबन्धन र मोलमोलाइमा लाग्ने गरेको उहाँ बताउनुभयो ।
उहाँले न्यायालयमा दलीय राजनीतिक भागबन्डा हुँदा न्यायालय पक्षपातरहित र विवादमुक्त हुन नसकेको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष एवम् भक्तपुर बारको निर्वाचनमा समाजको तर्फबाट अध्यक्ष पदका प्रत्यासी अधिवक्ता राजु कैतीले बार कब्जा गरेर बसेकाहरूले निर्वाचन जित्नका लागि आफू निकट कानुन व्यवसायीहरूलाई मात्र सदस्यता दिने, अवसर र पदको आश्वासन दिने फोहोरी खेल खेलिरहेको बताउन्ुभयो ।
कार्यक्रममा अधिवक्ताहरू राधेश्याम सुवाल, महेन्द्र खायमली र मनज ज्याख्वोलगायतले बोल्नुभएको थियो ।
भक्तपुर बारको निर्वाचनमा कानुन अध्ययन समाजको तर्फबाट अध्यक्षमा राजु कैती, उपाध्यक्षमा शिवराम बोहजू, सचिवमा गम्वीरमान ज्याख्व, कोषाध्यक्षमा मनज ज्याख्वो र सदस्यहरूमा न्हुछेराम सिबन्जार, प्रेम प्रजापति, सुन्दर राजचल, बाबुकाजी गाइँजू र लक्ष्मीप्रसाद दुवालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै केन्द्रीय पार्षद्मा राधेश्याम सुवाल र महेन्द्र खायमलीले उम्मेदवारी दिनुभएको छ ।

साभार – मजदुर दैनिक

ताजा समाचार

मध्यपुर लिगको २५ औं खेलमा वडा न १ बिजयी । नतिजा -१-०

Madhyapur Diary

पेट्रोलियम पदार्थमा बढ्यो फेरी मूल्य ।

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy