
भदौ १२ -मध्यपुर थिमि नगरपालिकाले पहिलो डोज भेरोसिल खोप लिई सकेका व्यक्तिहरुका लागि २०७८ भदौ १३ र १५ गते नगरपालिकाले तोकेका नगरभित्रका बिभिन्न खोपकेन्द्र हरुमा दोस्रो डोज मेरोसिल खोप लगाउन सुचना जारी गरेको छ । सुचना अनुसार खोप ती दिनहरूमा बिहान ११ बजे देखि ३ बजे सम्म खोप कार्यक्रम सञ्चालन हुने जनाईएको छ। I

नेपाल कोरिया मैत्री अस्पताल, निर्मल व्याङक्वेट लोकन्थली, महेन्द्र आधारभूत विद्यालय, ३ नम्बर वडा कार्यालय ,कौशलटार, जनआर्दश क्याम्पस बालकुमारी, पूरानो ५ न . वडा कार्यालय भुलाखेल, पाटीबिहार, बाहाखाबजार, नगदेश स्वास्थय चौकी , नगदेश, बोडे स्वास्थ्य चौकी, सानुटार, निकोसेरा शहरी स्वास्थय केन्द्र, निकोसेरा र बोडे शहरी स्वास्थ्य केन्द्र, बोडेमा तोकीएको योग्यता पुगेका पहीलो डोज लगाई सकेका ब्यक्तिहरुले उक्त खोप लगाउन सकिने जनाईएको छ।

