खेलकुद टीभी समाचार

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Buzz Education

नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल हिमालय स्पोर्ट्स को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त भएका छन् ।

हिमालय टेलिभिजन नेटवर्क लिमिटेडको सञ्चालक समिति बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा

सन् २०२० पछि गिरीले खेलकुद र मनोरञ्जन क्षेत्रको व्यावसायिक पक्षमा आफूलाई केन्द्रित गरेका छन् । उनले ‘कन्टेन्ट डेभलपमेन्ट’, ‘राइट्स एक्विजिसन’ र ‘स्पोन्सरसिप मोनिटाइजेसन’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

हिमालय टेलिभिजनसँगको उनको सहकार्य विशेषगरी ऐतिहासिक फिफा विश्वकप २०२२ को सफल प्रसारणबाट सुरू भएको थियो । नेपालमा पहिलो पटक सफल रूपमा कार्यान्वयन गरिएको ‘पे-पर-भ्यु’ मोडलमा उनले प्रायोजक व्यवस्थापनको नेतृत्वदायी भूमिका खेलेका थिए ।

नवनियुक्त सीईओ गिरीले भने, “हिमालय स्पोर्ट्सको माध्यमबाट हामी नेपालमा एउटा पूर्णकालीन स्पोर्ट्स इकोसिस्टम निर्माण गर्ने लक्ष्यमा छौँ । विश्वस्तरीय खेलकुद सामग्रीलाई स्थानीय स्वाद र प्रविधिसँग जोडेर नेपाली दर्शकमाझ पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य रहनेछ ।”

गिरीलाई हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले बैशाख ४ गते एक कार्यक्रमका बिच टेलिभिजनमा स्वागत गरेका थिए ।

हिमालय टेलिभिजनले नेपाली खेलकुदको व्यावसायिक प्रवर्द्धन र अन्तर्राष्ट्रिय खेलहरूको गुणस्तरीय प्रसारणमा नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरको बालकुमारीमा चैत्र २६ गते उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता हुने ।

Madhyapur Diary

बाढीका कारण भारतमा खुड्कुलो चढेर पुगे बिबाह मण्डप

Madhyapur Diary

मध्यपुर -९ मा मिस लिटिल नेवाः सोसियल वेलफेयर एम्बेस्डर र मिस फ्रेन्डसिप बिजेता आर्य श्रेष्ठ सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy