विश्व समाचार समाज

गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु
Buzz Education

दक्षिणी गाजापट्टी सहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ।

घटनामा दर्जनौँ अन्य घाइते भएका छन्। बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ।

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, ‘रफाहमा हालैका घन्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन्। पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजावासी बसिरहेको एक घर निशानामा परेको छ।’ 

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेस्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन्। 

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए। 

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको संख्या बढेको हो।  

रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ।

Buzz Education

ताजा समाचार

आफ्नै आमाबुबाद्वारा ८ महिने शिसुको हत्या

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy