समाचार

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Buzz Education

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंसिर मसान्तसम्म झन्डै साढे आठ करोड रुपैयाँ भेटी रकम संकलन भएको छ। भक्तजनले मन्दिरमा चढाएको तथा स्वेच्छाले दान गरेकोसहित सोबराबरको भेटी संकलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले मंसिर मसान्तसम्म कुल आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपैयाँ भेटी संकलन भएको जानकारी दिए। पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपैयाँ संकलन भएको छ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार कुल संकलित भेटीमध्ये चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म १० लाख ७० हजार ७८७ रुपैयाँ खर्च भएको छ। सो रकम सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमनलगायतमा खर्च भएको हो। खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ रुपैयाँ बैंकमा मौज्दात रहेको उनले बताए।

समितिका अनुसार नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, प्रभु बैंक र एनएमबि बैंकमा रकम मौज्दात छ। उक्त बैंकहरूमा सञ्चालित मुद्दती खातामा ६ करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज दुई लाख ५२ हजार ४४० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ।

Buzz Education

ताजा समाचार

ओपन फुटसल टुर्नामेन्टमा बेभ फुटसल क्लब बिजेता/बोडे फुटसल उपबिजेता ।

Madhyapur Diary

मध्यपुर ८ ऐमाले वडा अधिवेशनमा रामचन्द्र जयना नेतृत्वको नयाँ कार्यसमिति मनोनित

Madhyapur Diary

महालक्ष्मी साकोस बोडेको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy