अर्थतन्त्र समाचार समाज

मध्यपुर -८ बोडेमा लघु उद्यमशीलता बिकास तालिम सम्प

Buzz Education

मध्यपुर ८ बोडे मा लघु उद्यमशीलता बिकास कार्यक्रम सम्पन्न भएको छ । बोडे को ख्योचा : स्थित सामुदायीक भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण प्राप्त गरेको बताईएको छ ।प्रशिक्षक शोभा राउत द्वारा प्रशीक्षार्थी हरुलाई उद्यमशीलताका आधारभुत बिषयहरूमा प्रशिक्षण प्रदान गरीएको उक्त कार्यक्रममा प्रशिक्षार्थी हरुलाई दक्ष बनाई लघु उद्यम सञ्चालन गर्न सक्ने बनाउने गरी आगामी दिनमा थप तालिम समेत प्रदान गदै लगिने आयोजक सुनिल श्रेष्ठले बताउनु भयो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिजय राज सुबेदी, वडा ८ अध्यक्ष रमेश थापा श्रेष्ठ, कार्यापालिका सदस्य उज्वला थापा श्रेष्ठ, नसस सुरेन्द्र श्रेष्ठ, मनिषा परियार, शर्मिला बिश्वकर्मा लगायतका जनप्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो ।
आगामी दिनहरूमा उक्त तालिममा सहभागी प्रशिक्षार्थी हरुलाई आआफ्नो क्षमता र इक्छा अनुशारको शीपमुलक तालिम तालिम पनि प्रदान गदै सफल उद्यमी बन्न सक्ने बनाउनु तालिम आयोजना गर्नुको उद्देश्य रहेको सुनिल श्रेष्ठले बताउनु भयो ।

Buzz Education

ताजा समाचार

काठ्मान्डौमा शनिवार बिहानै भुईचालो ।

Madhyapur Diary

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा नँया बिशेष प्याकेज र छुटै छुटको व्यबस्था ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy