
मध्यपुर डायरी – २०७९ पुष २ गते शनिवार शिक्षा बिकास साकोसको २८ औ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका सह सचिब श्री राजेन्द्र प्रजापति द्वारा सञ्चालित र अध्यक्ष श्री तुलसीहरी प्रजापतिको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला बचत संघका सचिब श्री जगनाथ प्रजापति हुनुहुन्नथ्यो ।

२०७८ सालका संस्थाका उपाध्यक्ष श्री दिनेश श्रेष्ठले स्वागत गर्नु भएको सो समारोहमा + 2 तर्फबाट सर्बोकृष्ट ग्रेड ल्याउन सफल छात्रा श्री रोजा श्रेष्ठलाई . स्व : तुईकाजी तुईमाया स्मृति पुरस्कार २०७९ प्रदान गर्दै कार्यक्रमका अतिथि एवम संस्थाका निवर्तमात अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापतिले संस्थाको संक्षिप्त इतिहासका साथै आगामी रणनितिहरू प्रभावकारी बनाउँदै लानुपर्ने सुझाब प्रस्तुत गर्नु भयो ।
समुदायमा सञ्चालित बिबिध ८ वटा सहकारी एवमं सामुदायिक बिद्यालयहरूका ८ जना जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्दै आतिथि तथा उपकार साकोसका उपाध्यक्ष श्री जय कृष्ण दुवालले संस्थाले गरेका असत कार्यहरूको प्रशंसा गरी संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा संस्थाको पहिचान र स्वाभिमान बोकेको संस्था गान शिक्षा बिकास सहकारी बोलको गीत पनि लोकार्पण गरीएको थियो । उक्त गीतको रचना , संगीत, गायन तथा संयोजन गर्नुहुने लेखक / साहित्यकार श्री तुल्सी हरि प्रजापतिलाई स्रस्ता सम्मान पनि गरिएको थियो । साथै बाद्य बादन तर्फका दिपक प्रजापति ,न्हुछेनारायण बहादुर साथै कोरस गायनमा साथ दिने जलज र तुलज प्रजापति लाई पनि कदर गरीएको थियो ।

संस्थाका जेष्ठ सदस्य श्री कान्छीमाया भासियालाई जेष्ठ सदस्य सम्मान २०७९ र बरिष्ठ शिक्षक तथा समाजसेवी श्री मोहन मान श्रेष्ठलाई स्व : पृथ्वी मान स्मृति सम्मान २०७९ बाट सम्मान गदै प्रमुख अतिथिले सहकारी तालिम, अभियान र अन्तर लगानीका चर्चा गदै सहकारीको मुल्य मान्यता , सिद्धान्त अनुरूप नै सहकारी चलाउनु पर्ने आवश्यकता औल्याउनु भयो । साथै कार्यक्रममा SEE परीक्षा २०७८ मा सर्वोकृष्ट ग्रेड हासिल गर्नु भएका एक छात्र र एक छात्रालाई पदक र प्रमाणपत्र प्रदान गरी सम्मान गरीएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष स्व : पृथ्वी मान श्रेष्ठका श्रीमती सरस्वती श्रेष्ठ , शान्ति योग केन्द्रका अध्यक्ष श्री बाबु कृष्ण श्रेष्ठ लगायत बिभिन्न साकोसहरू बाट पाल्नु हुने प्रतिनिधिहरु को पनि उपस्थिति रहेको थियो ।


