शिक्षा

विनायकमा world cup prediction मिलाउने विद्यार्थीहरु पुस्कृत |

Buzz Education

विनायकमा world cup prediction मिलाउने विद्यार्थीहरु पुस्कृत |
विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल मध्यपुर थिमिले विश्वकप 2022 को रौनकता वढाउन र विश्वकप सगै पठनपाठन भन्ने विद्यालयको सोचलाई बढावा दिन विश्वकप सम्बन्धी prediction quiz प्रतियोगिताको आयोजना गरेको थियो।

विद्यार्थीहरुलाई खेलकुद प्रति अभिरुचि जगाउने उद्देश्यले वल्र्डकपको लिग चरण सकिसकेपछि दुईवटा प्रश्न साेधी त्यस प्रश्नको अनुमानित उत्तर संकलन गरेको थियो ।कक्षा 4 देखि 10 सम्मका करिब 4 सय 57 जना विद्यार्थीहरु सहभागी भएको prediction मा विद्यार्थीहरुले फाइनल खेल्ने दुई टिम र विजेता टिम अनुमान गरी प्रश्नको उत्तर खसालेका थिए ।

जसमध्ये 47 जना विद्यार्थीहरुले सही उत्तर मिलाएको र तीमध्येदुईजना विद्यार्थीहरुलाई गोलाप्रथाद्वारा 1सेट अर्जेन्टिनाको जर्सी र fifa football हस्तान्तरण गरियो।पुरस्कार प्राप्त गर्नेमा jersey कक्षा 6 का संम्राट याेन्जन र बल कक्षा 9कि छात्रा ज्योत्सना श्रेष्ठ ले प्राप्त गरिन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै बधाई ज्ञापन गर्नुभयो।

Buzz Education

ताजा समाचार

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

” गन्तब्य मध्यपुर थिमि” तस्वीर पुस्तक सार्वजनिक हुँदै ।

Madhyapur Diary

आर्दर्श माबि सानोथिमी फाईनलमा प्रवेश

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy