राजनीति

नगदेशमा लोकतान्त्रीक बाम गठबन्धनको चुनाबी सभा ।

Buzz Education

मध्यपुर डायरी संबाददाता – जेनिश बाडे

कार्तिक २७- आईतबार कार्तिक २७- मध्यपुर ठिमी -७  नगदेश स्थित छ्वासः टोलमा वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले चुनावी सभा आयोजना गरेको छ। आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई मध्यनजर गरी आयोजित सभाका मुख्य आकर्षण बागमती प्रदेस २ ख का प्रत्यक्ष उम्मेदवार दुर्लभ थापा र प्रदेस सभा सांसद उम्मेदवार राजेन्द्र मान श्रेष्ठ रहेका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काम गर्ने नसकेको भन्दै उम्मेदवार थापाले आलोचना गरेका थिए।लोकतान्त्रीक बामबन्धनका  थापाले नेकपा एमालेलाई भाेट दिन अघि आफ्नो काम गर्ने नसकेको प्रति
प्रश्न गर्न आग्रह गरेका छन्।उनि भन्छन “के को भोट दिने? काम गर्ने नसक्नेलाई किनभोट दिने? नेवारी ड्रेस लाएर किन गुठी विधयेक माथि खेलवाड गर्नु भएको? प्रतिबद्धता पत्रमा कति ओटा प्रतिबद्धतापुरा गर्नु भयो?। यति अवश्य जवाफ दिनु होला”दुवै उम्मेदवारले कुषकको बाहुल्य भएकोले कुषि मलको व्यवस्थापन  प्राथमिकतामा राख्ने  प्रतिबद्धता जनाएका थिए। पुर्ब बागमती प्रदेश सभा सांसद राजेन्द्र मान श्रेष्ठले सदनमा नगदेशवासीका समस्या उठाउदै आएको र जितेमा आवाज पुर्‍याउनुका  साथै कार्यान्वयन गराउने  प्रतिबद्धता समेत जनाएका थिए।

Buzz Education

ताजा समाचार

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

नेपाली कांग्रेस महाधिवेशन मंशीर २४ देखि २६ सम्म हुने ।

Madhyapur Diary

नेकपा ऐमाले मध्यपुर -८ र ९ वडा अधिवेशन उदघाटन सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy