समाचार समाज

बोडेको महालक्ष्मी परिसर सुधारको लागि उपभोक्ता समिति गठन ।

Buzz Education

कार्तिक -२३-मध्यपुर थिमि नगरपालिका वडा न ८ को महालक्ष्मी परिसर सुधार को लागि बुधबार उपभोक्ता समिति गठन गरीएको छ । बुधबार वडा ८ का अध्यक्ष रमेश थापा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्थानीय तथा समाजसेवी सुरेश खम्बु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरीएको हो । महालक्ष्मी परिसर शिर्षक अन्तरगत यस बर्ष गणेश मन्दिर पुणनिर्माण तथा  नासःद्यो अर्थात नृत्य नाथ मन्दिर पुननिर्माण गरीने नवगठित उपभोक्ता समितिका अध्यक्ष सुरेश खम्बु श्रेष्ठले बताउनु भयो ।
महालक्ष्मी परिसर सुधारका लागि नगरपालिका बाट ३० लाख रुपैया छुट्याएको वडा ८ का वडा सदस्य सुरेन्द्र श्रेष्ठले बताउनु भयो । सुरेश खम्बुको अध्यक्षतामा गठित उपभोक्ता समितिमा रोनिश द्यो उपाध्यक्ष, आशा जिम्मा कोषाध्यक्ष, मधुशा तुक्षें सचिब , सनम बुढा सदस्य, सुमन खम्बु सदस्य र हरि द्यो सदस्य रहेका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा ३० बर्ष पछी चपाचो टोलबाट २०८० सालको भैरब नाच आयोजना गरीने ।

Madhyapur Diary

३३ केजी सुन काण्ड – गोरेलाई १० बर्ष जेल सजाय – १३ लाख क्षतिपुर्ति भराउने ।

Madhyapur Diary

बिनायकमा दशैको टिका जमरा कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy