खेलकुद शिक्षा

बिद्यालय कर्नर – बिनायकका बिद्यार्थी राष्ट्र ब्यापी स्क्राबल प्रतियोगिताका लागि छनौट |

Buzz Education

विनायकका विद्यार्थीहरु राष्ट्रव्यापी scrabble प्रतियोगिताका लागि छनोट

मध्यपुर ठिमी भक्तपुर
शिक्षा संस्कृति र संस्कारको त्रिवेणीको रुपमा रहेको तथा बालबालिकाको रुचि र क्षमता अनुसार उनीहरुलाई कुनै न कुनै सीपले सुशोभित गराउँदै लानुपर्दछ भन्ने उद्देश्य राखी स्थापनाकालदेखि नै व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले पुनः अर्को सफलता प्राप्त गर्न सफल भएको छ। यही कार्तिक २४ गते भक्तपुर scrabble क्लबद्वारा आयोजित जिल्लास्तरीय scrable प्रतियोगितामा विनायकका विद्यार्थीहरु निष्ठा श्रेष्ठ र सगुन प्रजापति छनौट भई मंसिर महिनामा नवलपरासीमा आयोजना हुनगइरहेको राष्ट्रव्यापी scrable प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने भएका छन्। तीन चरणमा आयोजना गरिएको उक्त प्रतियोगितामा विनायकका विद्यार्थीहरुले ३ ओटै चरणमा उत्कृष्ट भई राष्ट्रब्यापी प्रतियोगिताका लागि छनौट हुन सफल भएको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हामीलाई जानकारी गराउनुभयो र छनौट हुन सफल विद्यार्थीहरुलाई राष्ट्रव्यापी प्रतियोगितामा पनि विजयको अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।स्मरण रहाेस् 2075 सालको अन्तर्राष्ट्रिय scrabble प्रतियोगितामा विनायकका विद्यार्थी जलज प्रजापति जिल्ला, क्षेत्र र राष्ट्रव्यापी प्रतियोगितामा विजयी भई अन्तराष्ट्रिय प्रतियोगितामा समेत आफ्नो उत्कृष्टता प्रस्तुत गर्न सफल भएका थिए ।

Buzz Education

ताजा समाचार

मध्यपुरका भिम होना बने नेपाल रेस कप 2022 मा तृतीय

Madhyapur Diary

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

श्रीलंका बिरुद्ध नेपालको ३ – २ को जित । नेपाल ६ अंकका साथ प्रतियोगिताको शिर्ष स्थानमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy