खेलकुद समाचार

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Buzz Education

कार्तिक -२-जारी मध्यपुर लिग फुटबल प्रतियोगिताको वडा न ७ र वडा न ९ बिचको २७ औं खेलमा वडा न ९ बिजयी भएको छ । वडा न ९ द्वारा वडा न ७ लाई ० का बिरुद्ध ५ गोलले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा वडा न ९ का जर्शी न १४ का डिफेन्डर अमन राजबाहक द्वारा पहिलो गोल गदै वडा ९ लाई अग्रता दिलाएका थिए भने खेलको ५१ औं मिनेटमा जर्शी न ८ का फरवाई बिज्ञान राजबाहकले टिमका लागि दोस्रो गोल गरेका थिए ।

खेलको ६१ औ मिनेटमा जर्शी न ९ का फरवार्ड यमन राजबाहकले तेस्रो गोल गरेका थिए । त्यस्तै खेलको ६६ औं मिनेटमा जर्शी न ११ का मिडफिल्डर रोनिश धेके राजबाहकले टिमको लागि चौथौ गोल गरी वडा ९ लाई थप मजबुत बनाए । खेलको अन्तिम गोल जर्शी न ८ का यमन राजबाहकले पुण पांचौ गोल गदै टिमलाई जित दिलाए । खेलमा वडा ७ का जर्शी न ५५ का रमेश सिंकेमनाले पहेलो कार्ड पाएका छन । खेलको म्यान अफ द म्याच वडा ९ का जर्शी न २९ का मिडफिल्टर सन्देश के.सी म्यान अफ द म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

नेपाली कांग्रेसको म.थि.न.पा वडा न ८ र ९ का नवनिर्वाचित पदाधिकारीहरु लाई पदस्थापना तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुर वडा-८ मा नेकपा माओबादी केन्द्रको अधिवेशन सम्पन्न

Madhyapur Diary

NATHM मा पर्यटन सम्बन्धि गुणस्तरीय बिभिन्न तालिमहरू खुल्यो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy