संबाददाता ( प्रशिक्षार्थी ) – जेनिश बाडे
असोज -१-जारी मध्यपुर लिग फुटवल प्रतियोगिता अन्तरगत वडा न ३ बिरुद्ध १-० को गोल अन्तर निकाल्दै वडा न १ बिजयी भएको छ । खेलको ७५ औं मिनेटमा वडा १ का जर्शी न १९ का जुसेन हेकाले पेनाल्टी सुट आउटको मौकालाई सदुपयोग गदै गोल गरी टिमलाई अग्रता दिलाए । वडा १ ले साही अग्रतालाई अन्तिम सम्म जोगाई बिजयी भएको हो । यो जितसंगै दोस्रो स्थानमा रहेको वडा १ ले वडा ७ लाई पछि पार्दै अंक बरीयताको शिर्ष स्थानमा रहन सफल भएको छ । उक्त खेलमा वडा ३ का ओसेन्द्र कटुवालले र जर्शी न २० का अमर बहादुर नेवारले पंहेलो कार्ड प्राप्त गरेका थिए । वडा न १ का डिफेन्डर प्रसिब खडका उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भएका छन ।