
असोज ४ देखि ६, बोडे स्थित स्वप्न संसार स्कुलमा ६ देखि ८ वर्ष सम्मका बालबालिकाहरुलाइ तीन दिनका लागि जीवन विज्ञानको नव विज्ञान प्रतिभा कार्यक्रम संचालन गरेका थियो । असोज ४ देखि ६ गते सम्म योग, ध्यान गर्ने प्रारम्भिक विधिके प्रशिक्षण गराइएको थियो । सो कार्यक्रमले बालबालिकाहरुको शारिरीक तथा मानसिक विकासमा बढी सहयोग गर्ने छ । जीवन विज्ञानका गुरू श्री सुरेन्द्र विजुकच्छेका अनुसार योग तथा ध्यानको माध्यमबाट बालकालिकाहरुको एकाग्र भइ सिक्न सक्नेछन् । निरन्तर ध्यान र योगको कारण शान्त रहन, खुसी रहन सिक्ने छन् जुन पूर्व प्रारम्भिक बाल विकासको क्रम देखि लागु गराउन धेरै नै महत्व रहेको हुन्छ । सो कार्यक्रमको अन्तिम दिन जीवन विज्ञानका गुरुवर्गलाइ विदाइका क्रममा स्वप्न संसारमा अध्ययनरत स्टान्डर थ्रीका भाइबहिनीहरुबाट नै टिका, खादा तथा प्रशंसा पत्र हस्तान्तरण गरेको थियो ।

