शिक्षा समाचार समाज

५८औं राष्ट्रिय बालदिवसको अवसरमा विनायकमा विभिन्न कार्यक्रम

Buzz Education

५८औं राष्ट्रिय बालदिवसको अवसरमा विनायकमा विभिन्न कार्यक्रम
मध्यपुर ठिमी भक्तपुर
बालबालिकाको व्यक्तित्व र सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षा नारालाई सफल र सार्थक बनाउने उद्देश्यले विनायक शिक्षा निकेतन ई सेकेन्डरी स्कुलले बालबालिकाहरूको सम्मानमा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रमको आयोजना गर्यो । कक्षा नर्सरीदेखि कक्षा 3 सम्मका विद्यार्थीहरु र कक्षा 4 देखि 7 सम्मका विद्यार्थीहरुका लागि दुई चरणमा गरिएको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि तीनसम्म प्रतिभा प्रदर्शन तथा कक्षा 4 देखि 7 सम्म हस्त लेखन तथा निबन्ध लेखन प्रतियोगिता को आयोजना गरियो। विशेषगरेर विनायक अतिरिक्त क्रियाकलाप समूहद्वारा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो पहिचान झल्कने साँस्कृतिक पोशाकमा उपस्थित भई आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिका भोलिका यस देशका सारथी भएको र उनीहरुलाई समयको माग अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरु भित्र भएको प्रतिभालाई विकास गर्न दिनुपर्छ भन्ने कुरा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराउनुभयो। कार्यक्रममा विद्यार्थीहरुले बालदिवस बाल अधिकार र बाल सचेतनामूलक कार्यक्रम अनि बालबालिकाहरूको प्रतिभा तथा क्षमता प्रस्फुटन गर्ने अवसर प्रदान गरेकोमा आयोजक शिक्षक-शिक्षिका तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन समेत गरेका थिए । पुनश्च सोही दिन आयोजित प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो।

Buzz Education

ताजा समाचार

मध्यपुरका ख्यातिप्राप्त बालरोग विशेषज्ञ राम कृष्ण चन्द्यो सम्मानित ।

Madhyapur Diary

राष्ट्रपति द्वारा भक्तपुरमा नवदुर्गा भवानीको दर्शण

Madhyapur Diary

मध्यपुरको मसरुम सिड नेपाल प्रा.लि र नास्ट बिच अनुसन्धान सम्झौता सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy