
भाद्र २३, केके मानन्धर
मध्यपुर थिमिकाे लाेकेश्वर ज्ञानमाला भजन खलःले नाट्यश्वर पूजा गरि भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मुख्य गुरू देवबहादुर बज्राचार्य तथा सहायक गुरू क्रमशः अष्टचन्द्र बज्राचार्य र राकेश बज्राचार्यको भजन प्रशिक्षणमा बिहिबार मध्यपुर थिमि ४ मरुटोलमा पहिलो प्रदर्शन गरीएको हो । गत वर्षकाे भाद्र १ गतेदेखि सुरू गरिएको प्रशिक्षण मध्ये सरगम भजनकाे लागि विजय कायष्थले सहजीकरण गर्नु भएको थियो ।


मध्यपुर थिमि नगरपालिकासँग समन्वय गरेको भजन प्रशिक्षण समापन कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा मध्यपुर थिमि नगर पालिका उपप्रमुख विजय कृष्ण श्रेष्ठले कला र संस्कृतिलाई अर्थव्यवस्थासँग जाेड्नुपर्नेमा जाेड दिनुभयो । उहाले’भावनाकाे आधारमा संस्कृति संरक्षण र प्रवर्द्धन गर्नुपर्ने र पैसा मात्र सबै कुरा नहुने बिचार राख्नु हुदै संस्कृतिप्रतिकाे लगाव सबभन्दा महत्त्वपूर्ण रहने बताउनु भयो । उहाँले नगरपालिकाकाे आर्थिक बर्ष २०७९-०८० काे नीति तथा कार्यक्रममा संस्कृति संरक्षणकाे लागि र संस्कृतिलाई पर्यटनसँग जाेड्नकाे लागि वजेट विनियोजन भएको दाबी गरे । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, डेपुटी मेयर विजय कृष्ण श्रेष्ठ, वडा न ४ का वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, वडा सदस्यद्वय मदन ख्या: श्रेष्ठ, रामकेशरी श्रेष्ठ लगायतकाे सहभागिता थियाे ।


दथुटाेलस्थित ओस्ला नेपालकाे भवनमा प्रत्येक बेलुकी दिइएको तालिममा २२ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । तालिम कार्यक्रमलाई समाजसेवी श्याम श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले संयाेजन गरेकाे बताइएको छ । ३ सदस्यीय लाेकेश्वर ज्ञानमाला भजन खलःकाे उपसमितिका सदस्यहरूमा क्रमशः रविन बज्राचार्य र राकेश बज्राचार्य छन् ।


साधारणतया नाट्यश्वरको मूर्ति हुँदैन । भित्तामा तीनकुने तीनवटा प्वाल बनाएर माथिल्लो भागमा ‘नृत्यनाथ नासःद्यः’ प्रतिस्थापन गरिएको हुन्छ । नेवार समुदायभित्र नाट्यश्वरलाई एक किसिमले गोप्य रूपमा मान्दै आएका छन् । महादेवलाई नृत्यनाथ, नाट्यश्वर वा भैरवनाथ भनी मान्नुका साथै संगीतमा गुञ्जिने ध्वनि शून्य आकाशमा गुञ्जिएर ब्रह्माण्डमा व्याप्त हुने भएकाले यसको सम्बन्ध शून्य हुने अर्थात् निराकार हुुनुको एउटा प्रतीकको रूपमा भित्तामा तीनवटा प्वाल राखिएकाे हुन्छ । नाट्यश्वरका तीन आँखाको प्रतीकको रूपमा तीनवटा प्वाल राखिएको हो भन्ने मान्यता पनि पाइन्छ । बौद्धमत अनुसार नृत्यनाथ लोकेश्वर र पद्मनृत्य लोकेश्वरलाई नाट्यश्वरको रूपमा मान्ने गरिन्छ। भजन, गीतसंगीत तथा बाद्यवादन प्रशिक्षण गर्दा नाट्यश्वरलाई विशेष पूजा गर्नुपर्ने मान्यता छ ।

