Uncategorized

मध्यपुरमा बिभिन्न ठाउँको पुरानै माैलिक नाम संरक्षण अभियान सुरू

Buzz Education

मध्यपुरमा बिभिन्न ठाउँको पुरानै माैलिक नाम संरक्षण अभियान सुरू
भाद्र १४, केके मानन्धर
मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक र भाैगाेलिक पहिचान झल्कने गरि नगरभित्रका विभिन्न ठाउँकाे नाउँ पुरानै स्थापित गराउने अभियान थालेकाे छ । नगरभित्र अाफु खुसि बाेर्ड राखेर पुरानाे नाउँलाई प्रतिस्थापन हुनेगरी गतिविधि बढेकाे भन्दै माैलिकता संरक्षणकाे लागि प्रयास थालेकाे हाे । नगर प्रमुख सुरेन्द्र श्रेष्ठकाे संयाेजकत्वमा अाज नगरका बुद्धिजीवी, सराेकारवाला पक्ष, सञ्चारकर्मीहरूकाे सहभागितामा दाेस्राे भेला गरेकाे छ । भेलाले अढाइ दसकदेखि थिमि क्षेत्रकाे अनुसन्धान गर्दै अाएकाे संस्था मालेकुलेका संस्थापक ई. राजेन्द्र तूबन्जा श्रेष्ठकाे नेतृत्वमा ११ सदस्यीय ‘स्थानिय माैलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समिति’ बनाएकाे छ ।

समितिमा सदस्यहरू क्रमशः बाबुकाजी साःछेँ श्रेष्ठ, केके मानन्धर, श्याम कृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, विनाेद काेजु, तुलसीभक्त घजु, विनाेद खमु, भरत ध्वं श्रेष्ठ, जगत कृष्ण प्रजापति तथा सुरेन्द्र बहादुर सिजापति छन् । २०५३ सालमा स्थापना भएकाे मध्यपुर थिमि नगरपालिकाका साविक पाँच वटा गाउँ विकास समितिबाट भाैगाेलिक प्रतिनिधित्व हुनेगरी समिति बनाइएको छ । समितिलाई सर्वसम्मत बनाउन समावेशी सहभागिताकाे अाधारले अावश्यकता बमाेजिम सल्लाहकार समिति, मनाेनित सदस्य, उपसमितिहरू थप गर्दै जाने समझदारी बनाएको छ । समितिले नगरभित्र बनिसकेका घरहरूकाे नम्बरिङ्ग गर्दै, टाेल, चाेक, दाेबाटाेदेखि मुख्य सडकहरूकाे विषयमा उपलब्ध अभिलेख, स्थानियहरूकाे सुझाव संकलनलाई मुख्य अाधार बनाएर ऐतिहासिक पृष्ठभूमिलाई अपभ्रंस नहुनेगरी पुरानै नाउँ प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।


स्थानिय माैलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समितिले रञ्जना लिपि, देवनागरी र अंग्रेजी लिपिबाट प्रत्येक टाेलमा बाेर्ड राख्ने, अनलाइन प्रविधिकाे गुगलमा रेकर्ड हुनेगरी डिजिटल म्यापिङ सिस्टम समेत लागू गर्नेछ । भेला पश्चात् बैठककाे निर्णय पुस्तिकालाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठले समितिका संयाेजक ई. राजेन्द्र तूबन्जा श्रेष्ठलाई हस्तान्तरण गरेकाे छ । कार्यक्रममा उपप्रमुख विजय कृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, पूर्व वडाध्यक्ष, संस्कृतिका अध्येता, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानियबासीहरूकाे सहभागिता थियाे ।
नगरपालिकाले यसअघि पनि मूर्त अमूर्त सम्पदा संरक्षण, विकास र प्रवर्द्धनकाे क्षेत्रमा काेशेढुङ्गा साबित हुनेगरी थुप्रै काम गरिसकेको दाबी गरेकाे छ । नगरपालिकाले सानाे ठूलाे अभियानमार्फत ‘हाम्राे कला, हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारालाई सार्थक हुनेगरी काम गरिरहेकाे बताइएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरको कमेरोटारमा पानी बोक्ने गाडी दुर्घटना ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

गठ्ठाघरमा बसको ठक्कर बाट स्कुटर चालकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy