समाचार समाज

मध्यपुरमा इन्द्रजात्राको भोलिपल्ट बिरेन्द्र भक्त श्रेष्ठले जिब्रो छेडने ।

Buzz Education

भाद्र – ५ इन्द्रजात्राको भोलिपल्ट यस बर्ष जिब्रो छेड्ने जात्रा हुने भएको छ । मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठ दोस्रो पटक जिब्रो छेड्न तयार भएसंगै यो बर्ष भने धेरै बर्ष पछि मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुने भएको हो । ईन्द्रजात्राको भोलिपल्ट सञ्चालन हुने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा नितान्त फरक र मौलिक ईतिहास बोकेको छुट्टाछुटै जात्रा हुन । यो बर्ष जिब्रो छेड्ने जात्रा सञ्चालन हुने भएपछी नगरबासीमा उत्साह छाएको छ । विरेन्द्रभक्त श्रेष्ठले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका थिए । आर्थिक लगाएत बिबिध कारणहरूले रोकिंदै आएको जात्रा भने यसवर्ष यही भाद्र २५ गते शनिवार जात्रा हुँदैछ ।जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा भुतप्रेत राक्षेश आदिले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।
यो जात्रा वि. सं. २०७४ सालमा  जनप्रतिनिधि बहाल भएपछि बर्षौ पछि पुनः सञ्चालनमा आएको उक्त जात्रा २०६३ सालमा अन्तिम पटक सञ्चालन भएर रोकिएको थियो । यस बर्ष भने मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोग प्राप्त हुने भएसंगै विरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेड्न तयार भएका हुन । त्यसो त २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए तर  कोरोना महामारीका कारण जात्राले निरन्तरता पाउन सकेको थिएन ।
शनिवार विरेन्द्रभक्तले परम्परागत प्रचलन अनुसार मुल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुईरो) बनाउन समय बजि सहितको पुजा प्रदान गरे संगै यो बर्ष जिब्रो छेड्ने पक्का पक्कि भएको हो । नकर्मीले जिब्रो छेड्ने सुईरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहंदै आएको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।

Buzz Education

ताजा समाचार

आज महानवमी -काठमान्डौको तलेजु भवानी दर्शनका लागि खुल्ला |

Madhyapur Diary

बिनायक शिक्षा निकेतनमा अष्ट्रेलियन स्वयममसेवकहरुलाई विदाई ।

Madhyapur Diary

मध्यपुर -८ बोडेको मिनी कोशी तप्पुमा हिउँदेचराहरुको गणना गरिंदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy