समाचार समाज

बोडेमा बिस्का: जात्राको अवशरमा बैशाख १ गते रथपुजा हुने ।

Buzz Education

मध्यपुर थिमि ८ स्थित ऐतिहासिक नगरी बोडे बाट हरेक बर्षको बैशाख १ गते बिस्का: जात्रा पर्व तथा नवबर्षको अवशरमा आयोजना हुँदै आएको रथ पुजा अर्थात द्य : म्हुहीकेगु  जात्रा यो बर्ष पनि सञ्चालन हुने भएको छ । बोडेबासिहरुले सामुहिक रूपमा आयोजना गदै आएको यो परम्परा सयौं बर्ष पुरानो मानिन्छ । बोडेका बिभिन्न टोलहरूले आलोपालो आयोजना गदै आएको यस रथ पुजा यो बर्ष भने खपला : टोलको आयोजनामा हुन लागेको हो । उक्त रथ परिक्रमा कार्यक्रममा सयौ बोडेबासी भक्तालुहरु बाजागाजा सहित बिभिन्न परम्परागत भेषभुषामा सजिएर बिभिन्न पकवान सहित बोडे, टिगनी, थिमि र नगदेशमा बिस्का : जात्राको अवशरमा निकालिएका बिभिन्न देवीदेवताको खट वा रथहरूको क्रमबद्ध परिक्रमा गरी बोडेको लाछी टोलस्थित कुमारीगालमा पुगि समापन गर्ने गरीन्छ ।


गतबर्ष बोडेको नछुटोलबाट आयोजित उक्त कार्यक्रम २ बर्ष अगाडी भने कोरोणा महामारीको कारण स्थगन गरीएको थियो । खपला : टोलबाट आयोजना हुन लागेको उक्त रथ पुजाको तयारी तीब्र रूपमा भईरहेको र उक्त रथपुजालाई अझ ब्यबस्थित र भव्य बनाउन आफुहरु तयारीमा रहेको आयोजक टोलका कृष्ण लाल साहुखलले मध्यपुर डायरी संबाददातालाई बताउनु भयो ।
तयारीको लागि भएको बिभिन्न चरणको छलफल बाट उक्त पुजा सम्पन्न गर्न मनकारी दाताहरू बाट ऐक्छिक चन्दा संकलन कार्य पनि शुरू गर्ने निर्णय भएको उहाँले बताउनु भयो । सामुहिक भावनाबाट प्रेरित भएर आयोजना हुदै आएको यस पुजा को लागि बिभिन्न दाता तथा मनकारी हरू बाट बिगत देखि सहयोग रहंदै आएको छ ।


यो बर्षको रथ पुजा कार्यक्रमका लागि इक्छुक चन्दादाता महानुभाब हरुले चन्दा रकम वा अन्य सहयोग उपलब्ध गराउन चाहेमा समाजसेवी गणेश मान चक्रधर लाई सम्पर्क न.9841339224 मार्फत सहयोगको लागि हात बढाउन सकिने आयोजक तथा स्थानीय बासि कृष्ण लाल साहुखलले बताउनुभयो ।

Buzz Education

ताजा समाचार

भक्तपुर स्थित श्री पद्दम माविको छेउमा रहेको रुख काटिदा दर्जनौ संख्यामा बकुल्ला चराहरू मारिएको बिषयमा चराप्रेमी तथा बातावरण प्रेमीहरूको आपति

Madhyapur Diary

उप-राष्ट्रपति नन्द बहापुर पुन द्वारा थिमिको भैरब नाच:अवलोकन

Madhyapur Diary

बोडेको कमल पोखरीमा डुबेर ६ बर्षिय बालकको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy