अर्थतन्त्र समाचार समाज

लुभु स्थित महालक्ष्मी च्याउ कृषक समुहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न ।

Buzz Education

 

चैत्र -९ ललितपुरको लुभु स्थित महालक्ष्मी नगरपालिका ८ मा रहेको महालक्ष्मी च्याउ कृषक समुहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका उपप्रमुख निर्मला खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिका रूपमा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण भद्र अधिकारी रहनु भएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष दिपक रोकाया द्वारा दोस्रो बार्षिक प्रतिबेदन प्रस्तुत गरीएको थियो भने कोषाध्यक्ष रमेश सापकोटा द्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गरीएको थियो ।

 

कार्यक्रममा बोल्नुहुँदै कृषिज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्ण भद्र अधिकारीले शुभकामना दिनुहुँदै च्याउको छुट्टै निकायको आवश्यकता रहेको बताउनु हुँदै संघिय र प्रादेशिक हिसाबमा च्याउको कुनै बिस्तारीत शाखा नभएको अवस्थामा च्याउ बिकास शाखाको आवश्यकता रहेको बताउनु भयो ।
महालक्ष्मी न .पा उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि निर्मला खडकाले महालक्ष्मी नगरपालिका र कृषि शाखा सधै च्याउ कृषकहरूको हकहितमा कतिबद्ध रहेको बताउनुहुँदै आवश्यक सल्लाह, सुझाब र सहयोगको लागि सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष आकाश बाडेले नेपालमा च्याउ खेतिको सम्भाव्यता, चुनौति र अवशरको बारेमा सथिप्त मन्तव्य राख्नु भएको थियो । उहाँले बिदेशी च्याउ बिना परीक्षण नेपाली बजारमा सहज रूपमा आयात हुदा नेपाली च्याउ कृषकहरु सधै मारमा परेको बिषयमा प्रकाश पार्नु हुँदै च्याउको आयात रोक्नुपर्छ भन्ने कतिपय किसानहरू नै निर्वाध रुपमा च्याउको आयात तथा बिक्रिबितरणमा संलग्न रहेको पाइनु दुख लाग्दो भएको बताउनुभयो ।


कार्यक्रममा च्याउ क्षेत्रमा योगदान पुर्‍याउने बिभिन्न महानुभाब हरुलाई सम्मान पत्र सहीत सम्मान गरीएको थियो ।

Buzz Education

ताजा समाचार

भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।

Madhyapur Diary

बसन्त चौधरीलाई हृदयघाट- दुबाईमा सर्जरी हुँदै

Madhyapur Diary

आजदेखि काठ्मान्डौमा एस्ट्रोजनको खोप लगाउन सुरु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy