
मंशिर – २२ -मध्यपुर थिमि निवासी नेपाली कांग्रेसका नेता तथा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदन कृष्ण श्रेष्ठले आसन्न नेपाली कांग्रेस को १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यको पदका लागि उमेदबारी घोषणा गर्नु भएको छ । नेता मदन कृष्ण श्रेष्ठ १२ औ र १३ औ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उमेदबार हुनुहुन्थ्यो । गएको भक्तपुर जिल्ला अधिवेशनमा नेता श्रेष्ठले महासमिति सदस्यमा लोकप्रिय मत ल्याएका थिए । शेरबहादुर देउबा पक्षका श्रेष्ठ सहयोगी नेताका रुपमा जिल्लामा लोकप्रिय हुनुहुन्छ ।

