समाचार समाज

मध्यपुर -४ स्थित शंखधर पार्कको भव्य उदघाटन ।

Buzz Education

मध्यपुर थिमि नगरपालिका वडा न ४ स्थित शंखधर उद्यान आईतबार एक भब्य कार्यक्रमका बीच उदघाटन गरिएको छ। काठमान्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य लगायत उपत्यकाका बिभिन्न नगरपालिकाका नगर प्रमुख हरुको हातबाट संयुक्त रूपमा एक साथ रिवन काटी उदघाटन गरीएको हो । मध्यपुर थिमि नगरपालिका र काठ्मान्डौ महानगरपालिकाको संयुक्त लगानीमा तयार भएको १३ रोपनी क्षेत्रफलमा फैलिएको शंखधर पार्क  मध्यपुर थिमि नगरपालिकाको ४ करोड र काठ्मान्डौ महानगर पालिकाको रू २ करोड लगानीमा परम्परागत मौलिकता सहितको ढुंगेधारा, एमपी थिएटर र वाटरफल सहित निर्माण भएको हो ।


कुनै समय अतिक्रमण र प्रदुषणको कारण र्दुगन्धित र उपेक्षित ठाउँका रूपमा रहेको उक्त स्थानलाई स्थानीय निकायमा जनप्रतिनिधिहरु आई सकेपश्चात पर्यटकिय गन्तव्य बनाउने लक्ष्यका साथ योजना अगाडी बढाईएको थियो ।


२०५६ साल मंशीर २ गते नेपाल संबतका प्रवर्तक शंखधर शाख्वालाई  राष्ट्रिय बिभूति घोषणा गरेको दिन नेपाल संबतको कछलाथ्व  दशमीका दिन पारी शंखधर शाख्वा दिवश मनाईंदै आएकोमा दिवशको मौका पारी शंखधर पार्कको उदघाटन गरीएको हो। शंखधर शाख्वाको प्रतिमामा मार्ल्यापण गरीएपश्चात शंखधर पार्कको उदघाटन गरीएको थियो भने पार्क भित्रकै एमपि थिएटर को पनि उदघाटन गरीएको थियो ।


एमपि थिएटरमा सम्पूर्ण आतिथिहरुका लागि नगदेशको प्रसिद्ध महाकाली नाच प्रस्तुत गरीएको थियो।
कार्यक्रमको क्रममा बोल्नु हुँदै काठ्मान्डौ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले मध्यपुर थिमि नगरपालिकाको गौरबको आयोजनाको रूपमा रहेको शंखधर पार्कको निर्माणमा साझेदारको रूपमा रहन पाउदा खुशि लागेको बताउनु भयो । उहाँले उपत्यका नगरपालिका फोरम मार्फत एक ले अर्कोलाई सहयोग गर्ने र सिक्ने मौका मिलेको बताउँदै २ करोडको साझेदारीमा मध्यपुर थिमि नगर पालिका संग शंखधर पार्क निर्माण गरीएको बताउनु भयो ।


काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आकर्षक एवम कलात्मक रूपमा निर्माण भएको शंखधर पार्क पर्यटकिय गन्तव्यका रुपया बिकास हुनेमा बिश्वास व्यक्त गर्नुभयो।
शंखधर शाख्वा प्रतिष्ठानका ज्ञानराम श्रेष्ठले नेपाल संबत लाई राष्ट्रिय संबत बनाउने क्रममा भएका संघर्ष र उपलब्धि को चर्चा गर्नुहँदै शंखधर पार्क निर्माणमा नगरपालिकाले देखाएको पहल कदमी र अगुवाईको लागि मध्यपुर थिमि नगरपालिकालाई धन्यबाद दिनु भयो ।


कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले काठमान्डौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाको संयुक्त लगानीमा बनेको शंखधर पार्क आगामी दिनमा काठ्मान्डौ बासीका लागि घुमघामको गन्तव्य बन्ने कुरामा बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बिद्यासुन्दर शाक्यका अलावा कामपा उपप्रमुख हरिप्रभा खड्गी, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ, सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा , उपप्रमुख जुना बस्तेत, चांगुनारायण कारपालिकाका उपप्रमुख बिना बास्तोला, कागेश्वरी नगरपालिका उपप्रमुख बिन्दु पुडासैनी, किर्तिपुर नगरपालिका प्रमुख  रमेश महर्जन, उपप्रमुख सरस्वती रिजाल, काठ्मान्डौ महानगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरू,मथिनपा प्रमुख प्रशासकिय अधिकृत चुंडा मणी पन्थी,नेकपा ऐमाले मध्यपुर नगर अध्यक्ष सुर्यलाल श्रेष्ठ , नेकपा माओबादी केन्द्र मध्यपुर नगर समितिका अध्यक्ष बिजय श्रेष्ठ तथा मध्यपुर थिमि नगर पालिकाका बिभिन्न वडाका वडा अध्यक्ष हरुको उपस्थिति थियो।


मध्यपुर थिमि नगरपालिकाले शंखधर पार्क निर्माण गर्न सहयोग पुर्‍याउने व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो ।
साथै कार्यक्रमलाई आकर्षक बनाउन मध्यपुर थिमिको बिभिन्न गायक ,गायिका, संगितिक ब्याण्ड को प्रस्तुती तथा कलात्मक नृत्यहरू पनि प्रस्तुत गरीएको थियो।


शंखधर शाख्वा दिवशका अवशरमा नगरपालिकाले सम्पूर्ण वडा कार्यालयहरूमा बिदा दिइएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुर – ३ ऐमाले वडा अधिवेशनमा क. राजेश बानियाको नेतृत्वमा नयाँ कमिटी (फोटो फिचर )

Madhyapur Diary

नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

Madhyapur Diary

च्याउखेति गर्दै आएकी दिलकुमारीलाई अन्तराष्ट्रिय पुरस्कार

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy