शिक्षा समाचार समाज

मध्यपुर -९ मा मिस लिटिल नेवाः सोसियल वेलफेयर एम्बेस्डर र मिस फ्रेन्डसिप बिजेता आर्य श्रेष्ठ सम्मानित ।

मिस लिटिल नेवा : नेपाल ११४१ मा सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप उपाधि जित्न सफल मध्यपुर थिमिकी चेली आर्या खपेःश्रेष्ठलाई मंगलबार मध्यपुर थिमि नगरपालिका वडा न. ९ मा एक कार्यक्रमका बीच बधाई ज्ञापन गरीएको छ ।


मौलिक सांस्कृतिक प्रतियोगिताका रूपमा रहेको मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा मध्यपुर ९ बोडेकी आर्या खपेः श्रेष्ठले सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप उपाधि जित्न सफल भएकि थिईन ।
मध्यपुर थिमि स्थित सिन्टिटार आवाश क्षेत्र सहयोग समाजको आयोजनामा गरिएको बधाई ज्ञापन कार्यक्रममा आर्यालाई खाडा ओढाई सम्मान गरीएको थियो ।

बिज्ञापन


कार्यक्रममा प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगर पालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मी, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदन कृष्ण श्रेष्ठ,
शंखधर शाख्वा: प्रतिष्ठानका अध्यक्ष चन्दन कृष्ण जुगलु श्रेष्ठ, सिन्टीटार आवाश क्षेत्र सहयोग समाजका सल्लाहकार बिदुर उप्रेति, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबु काजी साँछे श्रेष्ठ, सामाजिक अभियन्ता सुर्य श्रेष्ठ, निलबाराही ब्याडमिण्टन क्लबका सन्जय थापा श्रेष्ठ, मदन चाम्लिङ राई, बिनोद कार्कि लगाएतका व्यक्तित्व हरुले उपाधि बिजेता आर्या खपेः श्रेष्ठ लाई खाडा ओढाई सम्मान तथा बधाई ज्ञापन गरीएको थियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मीले बिजेता आर्या लाई बधाई ज्ञापन गर्नु हुँदै बालबालिकाले पढाई लेखाईलाई अगाडी बढाईरहदा आफुमा भएको क्षमता र सिपलाई बिकाश गदै अघि बढ्नु पर्नेमा जोड दिनु भयो । मध्यपुर थिमिकी छोरी आर्य खपे श्रेष्ठले प्राप्त गरेको उपलब्धिले सिंगों नगरबासिलाई गौरवान्वित बनाएको पनि बताउनु भयो ।


शंखधर साख्वा: प्रतिष्ठानका अध्यक्ष शिक्षासेवी चन्दन कृष्ण जुगलु श्रेष्ठले औपचारिक शिक्षाका अलावा बालबालिकाको व्यक्तित्व बिकाश र नेतृत्व बिकाशका लागि मिस लिटिल नेवा : जस्ता कार्यक्रमहरू उपयोगि रहेको बताउनु भयो । उहिले अबिभावकको हौसला बिना बालबालिकाहरु अगाडी बढ्न नसक्ने पनि बताउनु भयो ।


सञ्चारकर्मी रेणु श्रेष्ठले बालबालिकाहरुले दुई देखि तीन महिना सम्म को अभ्यासले यस्ता प्रतियोगिता हरु मार्फत व्यक्तित्व तथा बौद्धिक बिकासमा धेरै सुधार ल्याउने भएकाले यस्ता प्रतियोगिता हरुले ठूलो भूमिका खेल्ने बताउनु भयो ।

 

ताजा समाचार

नगदेशमा आयोजित गुँला धर्म नगर परीक्रमाले युवाहरुमा संस्कृति मोह बढाउंदै

Madhyapur Diary

शिसा फुटाएर श्रीपेच चोर्न खोज्ने घर्ती पक्राउ –

Madhyapur Diary

एमाले समाजवादी दर्ता नगर्न एमालेको माग

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy