विश्व समाचार

नाईजेरीया को जेलमा आक्रमण हुदा ८०० भन्दा बढी कैदी भागे

Buzz Education

कार्तिक -८ अज्ञात बन्दुकधारीहरुले हमला गर्दा नाईजेरीयामा ८३७ जना थुनुवा त्यहाँबाट भागेका छन ।  अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन् ।

बिज्ञापन
बिज्ञापन

उहाँले शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए । उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षाैँसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन् । भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको यहाँको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् ।

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

गन्तब्य मध्यपुर थिमि ” तस्बीर पुस्तक सार्वजनिक –

Madhyapur Diary

असोज १ गते सानोठिमीमा तेक्वान्दो प्रतियोगिता हुँदै । ।

Madhyapur Diary

अझै बर्षा नरोकीने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy