मनोरञ्जन समाचार समाज

मध्यपुर – ८ बोडेमा बिजया दशमीका दिन तलेजु भवानी तथा कोट पुजा कार्यक्रम सम्पन्न ।

Buzz Education
  • असोज – २९ मध्यपुर थिमि वडा न ८ बोडे स्थित लाकुछे धिमे गुठीको आयोजनामा नेपाली हरुको महान चाड बिजया दशमी पर्वको अवशरमा मध्यपुर थिमि नगरपालिकाका बिभिन्न दरवार तथा कोट एवंम शक्तिपिठ हरुमा पुगि गरीने तलेजु भवानी पुजा कार्यक्रम सम्पन्न भएको छ ।
बिज्ञापन
बिज्ञापन
तलेजु भवानी पुजा कार्यक्रम
तलेजु भवानी पुजा कार्यक्रम

बोडे स्थित लाकुछे धिमे गुठिले आयोजना गरेको उक्त तलेजु भवानी दर्शन कार्यक्रम मध्यान्ह १ बजे बिष्णुघाट टोलबाट शुरू भई बोडेको चारवटा कोट तथा शक्तिपिठ, टिगनी स्थित निलबाराही, थिमिको लायकु दरवार, बालकुमारी मन्दीर, र नगदेशको लायकु तथा गणेश मन्दिरमा परिक्रमा गरी पुन बोडेको लाछी टोल स्थित कुमारीगालमा पुगि बिसर्जन गरिएको थियो ।

तलेजु भवानी पुजा कार्यक्रम -बोडे

बिगतका वर्षहरूमा पनि बोडे भित्रका बिभिन्न आयोजक हरुबाट बिजया दशमी को दिनमा शक्तिपीठ तथा कोट परिक्रमा अर्थात द्यो: मूह्यीकिगु कार्यक्रम हुने गरेकोमा बिगत केही बर्ष यता भने बिभिन्न कारणले नियमित आयोजना हुन सकेको थिएन । बोडेबासीको संस्कृति र परम्परा प्रतिको प्रेम स्वरूप यस पटक बिजया दशमीमा  द्योः मुह्यीकिगु कार्यक्रम आयोजना गरीएको समाजसेवी दिल कृष्ण प्रजापतिले बताउनु भयो ।

मध्यपुर नगरका पुरानो बस्ती भित्रका ११ शक्तिपिठ तथा कोटहरूमा पुगि भोज तथा बिभिन्न व्यञ्जन परिकारहरू अर्पण गरीएको थियो । भक्तपुर स्थित तलेजु भवानीको लागि भने बाहखा: बजार स्थित भिमसेन मन्दिर अगाडी भोजन अर्पण गरीएको थियो ।

तलेजु भवानी पुजा कार्यक्रम -बोडे

उक्त कार्यक्रममा बोडेका हजारौ श्रद्धालु स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो भने स्थानीय बाजा खलःबासुरी बाजा खल र भजन खल : क्लब तथा स्थानीय संघ संस्थाहरूको समेत उपस्थिति थियो ।

तलेजु भवानी पुजा कार्यक्रम -बोडे
तलेजु भवानी पुजा कार्यक्रम -बोडे

बाजा गाजा सहित परम्परातत मौलिक भेषभूषामा सजिएर  आफूले चिताएको बस्तु अपर्ण गदै हिंडेको दृष्य हेर्नेको पनि कमि थिएन ।

तलेजु भवानी पुजा कार्यक्रम
तलेजु भवानी पुजा कार्यक्रम

करिब हजारको संख्यामा श्री तलेजु भवानीको पुजा कार्यक्रमा स्थानीयको सहभागिता रहेको उल्लेख गर्नु हुँदै बोडेबासीको उल्लेख्य सहभागिताले अगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न उर्जा प्रदान गरेको आयोजक तथा समाजसेवी बिजय प्रजापतिले बताउनु भयो ।

तलेजु भवानी पुजा कार्यक्रम -बोडे
बिजय प्रजापति
Buzz Education

ताजा समाचार

सरकारी जग्गा संरक्षणमा सांसदले गराए सरकारको ध्यानाकर्षण

Madhyapur Diary

एमसिसी बिरुद्ध माघ २६ मा राजधानीमा व्यापक प्रदर्शनी हुने ।

Madhyapur Diary

बझाङमा पहिरोमा परी १३ जना सम्पर्कबिहिन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy