समाचार

स्वतन्त्र पत्रकार संघको शुभकामना कार्यक्रम सम्पन्न ।

Buzz Education

काठमाडौं । स्वतन्त्र पत्रकार संघ काठमाडौं, ललितपुर र भक्तपुरले शनिबार राजधानीमा संयुक्त रुपमा शुभकामना कार्यक्रम गरेको छ । वडादसैं २०७८ सालको अवसरमा संघहरुले एक कार्यक्रमवीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष केवी सम्राट पत्रकारहरुले स्वतन्त्र रुपमा काम गर्नुपर्नेमा जोड दिए । पत्रकार वायस हुँंदा सारा समाज नै वायस हुने भन्दै उनले स्वतन्त्र पत्रकारिताको वकालत गरे ।
स्वतन्त्र पत्रकार संघ काठमाडौंका अध्यक्ष पुष्करराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ ललितपुरका अध्यक्ष उपेश नौवाग, भक्तपुरका कृष्ण किसी, स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसी, स्वतन्त्र पत्रकार संघ उपत्यका शाखाका संयोजक एवं काठमाडौंका निवर्तमान अध्यक्ष महेशजंग कुँंवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका प्रताप राणाले सञ्चालन गर्नुभएको थियो ।

कृष्ण किसी

Buzz Education

ताजा समाचार

शे फोक्सुन्डो ताल हेर्न जाने क्रममा लडेर युवती खोलामा बेपत्ता ।

Madhyapur Diary

म.थि.न.पा वडा न. ६ नेपाली कांग्रेस अधिवेसनमा संजय श्रेष्ठको प्यानल बिजयी

Madhyapur Diary

क्रान्तिकारी बिधार्थी संघ र क्रान्तिकारी युवा संघको एमसिसी बिरोधि जुलुसमा प्रहरी दमन – दर्जनौ घाईटे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy