असोज – १३ – मध्यपुर थिमि नगरपालिका वडा न ८ बोडे स्थित कमल पोखरीमा दिउँसो एक बालकको डुबेर मृत्यु भएको छ । पोखरीको डिलमा खेल्ने क्रममा खसेर मृत्यु भएको बताईएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका नायब निरिक्षक दिपक गिरीले दिएको जानकारी अनुशार हाल बोडेमा बसोबास गर्दै आएका खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका घर भएका रमेश खडकाको ६ बर्षिय छोरा रोशन खड्का दिउँसो पोखरीमा खसेर मृत्यु भएको बताईएको छ । स्थानियको सहयोगमा उद्वार गरी अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।

हालै मात्र पुननिर्माण सम्पन्न भई डुङगा समेत सञ्चालनमा आएको ऐतिहासिक कमल पोखरीमा भएको घटना बाट स्थानीय जनता स्तब्ध बनेका छन ।
