प्रेरक प्रसंग

हाती बन्न छोड – प्रेरक प्रसंग – बिज्ञान श्रेष्ठ

Buzz Education

     

               प्रेरक प्रसंग – लेख – बिज्ञान श्रेष्ठ

 

एक समय एक जना मानिस हात्तीहरू पालिएको ठाउँ हुँदै आफ्नो गन्तव्य तीर लाग्दै थिए । त्यहाँ उस्ले देख्यो कि हात्तीहरूलाई कुनै खोरमा थुनि राखिएका थिएनन नकी कुनै सिक्रिले बाँधिएर राखिएका थिए । तिनीहरूलाई बाँधिएर राखिएको त थियो तर सिक्रिले हैन । बरू तिनीहरू त सानो जुतको डोरीले दुई खुट्टामा बाधिएका थिए । ती मानिस यो दृश्य देखेर निक्कै नै आश्चर्य चकित भए किनकी हात्तीहरूले चाहेको खण्डमा एक झट्काले ती डोरीहरू चुँडालेर भाग्न सक्थे।

आश्चर्य चकित हुदै ती बटुवाले हात्तीका मालिकलाई यस बारेमा सोधे कि यी कमसल डोरीहरुका बाबजुत किन हात्तीहरु नभागेको?
जवाफमा ती हात्तीका मालिकले भने जब यी हात्तीहरू धेरै साना थिए तिनीहरू यस्तै साना र कमसल डोरीले बॉधिएका हुन्थे ।
साना भएकाले तीनीहरू ती डोरीलाई चुडाउन सक्दैन थिए । तिनिहरू प्रयास त गर्थे तर भाग्न सक्दैनथे । जसै तिनीहरू ठूला हुँदै गए तिनीहरूले त्यही पुरानो मान्यतालाई समाईरहे कि तिनीहरूले प्रयास त गरेका थिए तर सकेनन । तिनीहरू यो मान्यता राखेर बाँचिरहे कि त्यो डोरी कहिल्यै चुडाउन सकिंदैन । तसर्थ तिनीहरूले बिस्तारै प्रयास गर्न छोडे।यसरी हात्तीहरू नभाग्नुको एउटै मात्र कारण तिनीहरूको बिश्वास प्रणाली अर्थात Belief system थियो ।

यो एउटा कथा मात्रै हो। तर यो कथा र आम मानिसको जीवनमा धेरै समानता पाउन सकिन्छ । हामी मध्ये धेरै मानिस यी हात्तीहरू जस्तै छौ । हामी कुनै कुरा गर्न प्रयास त गछौ तर एक दुई पटकको प्रयास पश्चात नै यो धारणा निर्माण गछौ कि यो काम हामी गर्न सक्दैनौ । जबकि समय, परिस्थिति र क्षमता सबै परिबर्तन भई सक्दा पनि हामी आफूले आफैलाई कमजोर थानी असफल मानी प्रयास गर्न नै छोड्छौ ।

मुख्यतया आम मानिसहरू असफल हुनुको कारण यही नै हो । तसर्थ यदी तपाई हामी पनि सफल हुनु छ भने आफुमाथिको बिश्वासलाई कायमनै राखि कुनै लक्ष्य प्राप्ति प्रति निरन्तर लागि रहनुपर्छ। एक दुई पटकको असफल प्रयासबाट हामी कुनै निर्क्यौलमा पुग्नु हुदैन कि यो काम हामी गर्न सक्दैनौ । बास्तबिकता त यो हो की संसारको सबै सफल मानिसहरू यही बिश्वास प्रणालीमा अडेर अगाडी बढे की उनीहरू आफैमा शक्तिशाली छन , आफैमा महान छन , उनीहरू कुनैपनि काम सजिलै सम्पन्न गर्न सक्छन । तर असफल प्राय हरेक जसो मानिसहरू यो बिश्वास प्रणाली लिएर बाँचेका हुन्छन कि हामीले प्रयास त गरेका थियौ तर त्यो हाम्रो बसको काम थिएन त्यसैले हामीले त्यो काम गर्नै छोडिदियौं ।यस्ता मानिसहरू जीवनभर असफल रहन्छन ।

Buzz Education

ताजा समाचार

७ तरिका, घरेलु विधिबाट निको हुन्छ टन्सिल

Madhyapur Diary

मध्यपुरमा जीवन बिज्ञान सत्संग कार्यक्रम भव्य रुपमा सम्पन्न ।

Madhyapur Diary

आज शहीद दिवश मनाईदै ‘

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy