खेलकुद समाचार

नेपाल र भारत बीचको मैत्रिपूर्ण फुटबल खेल आज हुदै ।

Buzz Education

 

भदौ १७ – नेपाल र भारत बिचको मैत्रिपूर्ण खेल आज राजधानी स्थित दशरथ रंगशालामा बेलुकी ५:३० बजेबाट शुरू हुँदै छ । माल्दिभ्समा हुनगईरहेको साफ च्याम्पियन्सिप को तयारीको लागि नेपाल र भारतले मैत्रिपूर्ण अभ्यास खेल खेल्न लागेका हुन । नेपाल र भारत बीचको दोस्रो खेल भने आईतबार हुँदैछ ।
नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो ।
यसैबीच नेपाल र भारतबीच आज हुने खेलमा दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । त्यसका लागि खेल हेर्न जाने दर्शकले पीसिआर टेष्ट गरेको हुनुपर्ने वा दुवै खोप लगाएको कार्डलाई अनिवार्य गरिएको छ ।
नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताउनुभयो । दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ ।
टिकटको मूल्य रू १००० र २००० तोकिएको छ।

Buzz Education

ताजा समाचार

उपकार साकोस तथा प्राध्यापक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न |

Madhyapur Diary

मध्यपुर -५ दिगुटोल स्थित शिवमन्दिर पुननिर्माण सिलान्यास सम्पन्न ।

Madhyapur Diary

नेपाली कांग्रेस महाधिवेशन मंशीर २४ देखि २६ सम्म हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy