खेलकुद समाचार

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

जेठ – ४ – शिक्षाका लागि खेलकुद र सर्वाङ्गीण विकासका लागि गुणस्तरीयता भन्ने विषयलाई आत्मसात गर्दै आफ्ना विद्यार्थीको रुचि, क्षमतालाई मध्यनजर राखी एक विद्यार्थी एक सीपको अवधारणामा प्रगतिशील तथा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विनायक शिक्षा निकेतन ई स्कुल ,मध्यपुर ठिमी छैठौं मध्यपुर व्यापी अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा विजयी बनेको छ ।मध्यपुर थिमि नगरपालिकाको प्रायोजन तथा मध्यपुर युथ एसोसिएसनको संयोजकत्वमा यही जेठ 29 गतेदेखि असार 4 गतेसम्म भएको नकआउट चरणको खेलमा विनायकले गणेश मावि नगदेश, आदर्श मावि थिमि ,हिमचुली इङ्लिस स्कुल तथा आदर्श मावि सानो थिमि लाई पराजित गरी फाइनल खेल जितेको थियो। मध्यपुर थिमि नगरपालिकाका 16 वटा विद्यालयबीच भएको उक्त प्रतियोगितामा विनायकका राेजिन सलाजु उत्कृष्ट गोलरक्षक , दीपेन राई उत्कृष्ट खेलाडी ,सुमित भासीमा म्यान अफ द म्याच तथा मदन खत्री उत्कृष्ट काेच हुन सफल भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा तथा अखिल नेपाल फुटबल सङ्घका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंह लगायत अन्य अतिथिहरुको उपस्थितिमा भएको उक्त खेलमा अतिथिहरुले सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए। विद्यार्थीहरुलाई विजय पश्चात आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थीलाई उनीहरूको रुचि र क्षमतालाई पहिचान गरी खेलकुदका माध्यमबाट पनि सिकाउन सकिने, अनुशासित बन्न खेलकुदले प्रोत्साहित गर्ने र सबै मिलेर टिमवर्कबाट जस्तोसुकै प्रतियोगितामा पनि जित्न सकिने उदाहरण विद्यार्थीहरुले प्रस्तुत गरेको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।स्मरणरहोस् यसअघिको पाँचौं मध्यपुरब्यापि फुटबल कप पनि विनायक शिक्षा निकेतनले नै जितेको थियो।

ताजा समाचार

भदौ -१६भक्तपुरका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ द्वारा एकिकृत समाजबादीमा सनाखत ।

Madhyapur Diary

नेकपा ऐमाले मध्यपुर -८ र ९ वडा अधिवेशन उदघाटन सम्पन्न

Madhyapur Diary

माईतीघरमा मोटर साईकल दुर्घटना -१ को मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy