मेरो बोलि चालीमा आउने नेवारी टोन नै मेरो पहिचान
मातृभाषाको स्वाद पनि अति मिठो ।जुन मेरो जिब्रोमा सधैं झुन्डिन्छ ।
त्यसैले हरेक चोटि म बोल्दा ट ट र म म त आइनै हाल्छ । म १६ बर्षको भए । म किसान अर्थात ज्यापुको छोरा । मेरो मातृभाषा नेवारी ।मैले नेवारी
भाषा सिकेको बोलेको पनि १६ बर्ष भयो भन्दा पनि फरक नपर्ला । त्यसैले
मेरो बोलिमा नेवारी शैली आँउछ ।म विरलै नेपाली भाषा बोल्छु ।बोल्दा साथिहरुले प्राय एउटा प्रतिउत्तर दिन्छन “यसको त कस्तो तत र मम आएको यार,नेवार हो?”
म सजिलो उत्तर दिन्छु त्यो पनि मुस्कान सहित,“हो म नेवार हुँ”।संयोगले जुराउदा त मैले मेरो नेवार परिचय नै दिन पर्दैन ।आफैे सोध्छन ,“भाई नेवार रहेछ कहाँ बस्छौ , योमरी खान बोलाउने होइन , विस्केट जात्रामा बोलाउन पर्छ नि है ?”।आज मेरो बोल्ने शैलीले मेरो परिचय दिन्छ । मैले म नेवार हु भनेर परिचय दिएको ठाउँ औला भाचेर गन्न सक्छु । किनकी मेरो टोन नै काफि!
कहिलेकाँही साथीहरुले मलाई जिस्काएर हैरान पनि बनाउछन ।“ओइ टरो नाम के हो भन त ” भनेर हायल कायल नै बनाउँछन । तर म बाल दिन्न।मेरो शैलीमा उतर दिन्छु ।अनि उनीहरु
चूप लाग्छन । अनि म आफै सोच्न थाल्छु।मेरो भाषा मैले नबोले कस्ले बोल्छ ?
टोन आए के भयो त ।झोक चल्यो भने त फेरि भन्दिन्छु पनि ! अनि आज मेरो टोनले नेपाली समाजलाई वहुभाषिक बनाउन पुर्याएको योगदान पनि । आज मैले मेरो आफ्नो मौलिक भाषा बोलेको छु।मेरो राई साथीले राई भाषा बोलेको छ । यसरी त हाम्रो नेपाल बहुभाषिक बनेको छ नि ।सबैले एउटै शैली ,भाषा बोल्यो भने त के माज्जा र अस्तित्व रहयो र हैन ।
साथीहरुले यसरी जिस्काएको बखत रातो अनुहार बनाएर अनुभव गर्थे ।
के मैले उनीहरुले झै भाषा बोल्नु पर्यो अब ? त्यस बेला मेरो मातृभाषा प्रेमले भ्वाक्क लाटहान्छ । खेलमैदानमा खेलाडीले विपक्षीको पोस्टमा पुग्ने गरी हाने झै । त्यो साथीहरुको जिस्काई त कता हराउछ हराउछ ।हिजो बोल्न नजान्दा आमाले सिकाउनु भएको बोलि अहिले मेरो पहिचान बनेको छ । आज मैले म नेवार हुँ भनेर मेरो नागरिकता देखाएर परिचय दिरहनु पर्दैन।
मैले मेरो ज्यापु पोसाक लगाएर हिड्न पर्दैन।चट्ट मेरो भाषा बोले पुग्छ । अरुसँग बोल्दा चासो लागेन भने छु मटलब भने पुग्छ र चासो लागे जोजलपा भने पुग्छ । मेरो पुर्खाले चलाएको भाषा ,शैली मा नै मेरो परिचय बनेको छ । मेरो चिनारी बनेको छ ।मेरो पहिचान बनेको छ ।मेरो गौरव बनेको छ।
लेखक – जेनिश बाडे