शिक्षा समाचार

मध्यपुरको बिनायक शिक्षा निकेतनमा गुरु पूर्णिमा तथा भानु जयन्ती मनाईयो ।

Buzz Education

मध्यपुर थिमी भक्तपुर
शिक्षा सभ्यता र संस्कारको त्रिवेणीको रुपमा रहेको तथा परम्परागत मूल्य मान्यता सिकाउँदै जीवन शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन ई स्कुल , ठिमी भक्तपुरले यही असार 29 गते गुरु पूर्णिमाको पावन अवसरमा गुरु पूर्णिमा कार्यक्रमको आयोजना गर्यो। विनायक प्रेसिडेन्ट क्लवको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले गुरुपूर्णिमा तथा भानु सम्बन्धी कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा गुरुपूजा कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गुरु वेद व्यासका पालादेखि मनाउँदै आएको गुरू पुर्णिमा र यसको महत्व विषयमा आ आफ्नो धारणा राखेका थिए। प्रेसिडेन्ट क्लबका अध्यक्ष सुशान मगरकाे सभापतित्वमा तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरुले सम्पूर्ण शिक्षक शिक्षिकाहरु लाई आदर सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए।

हर्षोल्लासका साथ विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक प्रजापतिले सफल र प्रभावकारी तथा सार्थक जीवनका लागि गुरुका अर्ति उपदेश र ज्ञानलाई आधार बनाई सभ्य, सुसंस्कृत र अनुशासित बनी अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। साथै गुरु पूर्णिमाका दिन गुरुपूजा गर्दैमा मात्र सफल जीवन हुँदैन , गुरुका ज्ञान ,आदर्श र गुरु दीक्षालाई मुलमन्त्र बनाई सत्य, न्याय र वास्तविकतालाई बुझी अगाडि बढ्दै गएमा मात्र समग्र राष्ट्रको सक्षम नागरिक बन्न सकिने कुरामा जोडदिनुभयो।

कक्षा दशका विद्यार्थी युजिना घजुद्वारा संचालित उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले सम्पूर्ण गुरुहरुलाई नमन गर्दै समाज र देशको लागि योग्य नागरिक बन्न मन ,वचन र कर्मले अन्तर हिर्दय देखि नै विद्यार्थीहरुले लागिपर्नु पर्ने कुरामा जोड दिनुभयो।

Buzz Education

ताजा समाचार

बिद्यालय कर्नर – विनायकका विद्यार्थीहरूको पश्चिमाञ्चल भ्रमण

Madhyapur Diary

गोपाल मान श्रेष्ठ सभापतिमा उठ्दै

Madhyapur Diary

सानोठिमि तेक्वान्डो परिवारको प्रथम बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy