Uncategorized

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक बुधबार परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडीत बिजुक्छे जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको दोस्रो पल्ट क्यान्सर रोग देखिएसंगै उपचारका क्रममा ललितपुर मा निधन भएको हो ।उपचारको क्रममा उहाँको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको हो ।

करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको नेमकिपा श्रोतले जनाएको छ ।

 

बि . सं २०४० सालमा नेता बिजुक्छें संग उहाँको बिबाह भएको थियो । उनका २ छोरा छन् । निधन खबर लगत्तै अध्यक्ष नारायण मान बिजुक्छेंसहित नेमकिपाका नेताहरु यतिबेला अस्पताल पुगेका छन् । प्रधानको पार्थिव शरीरलाई शुक्रवार अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

 

 

ताजा समाचार

काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ काँसे घाँसेचरीको अवलोकन

Madhyapur Diary

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य ।

Madhyapur Diary

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy