चैत्र – २५-मध्यपुर थिमि नगर प्रमुख पदको लागि नेपाली कांग्रेस नगर सभापति भईसक्नु भएका ४२ बर्षे सुरेन्द्र श्रेष्ठले आसन्न बैशाख ३० गते हुने स्थानीय चुनाबका लागि ईक्छापत्र पार्टीको नगर समिति कार्यालयमा दर्ता गराउनु भएको छ ।१२ औ महाधिवेशनमा नगर सचिब तथा १३ औं महाधिवेशनमा नगर सभापति बन्न सफल हुनुभएका समाजसेवी सुरेन्द्र श्रेष्ठले नगर प्रमुख पदका लागि पार्टीमा आफ्नो दाबेदारी प्रस्तुत गर्नु भएको हो ।