अर्थतन्त्र

दुधको मुल्य बढाउने तयारी हुँदै ।

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताए । बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन्। किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि अध्ययन गरेर दूधको मूूल्य वृद्धि हुुनुपर्ने भनेको छ भने केन्द्रीय पशुपालन सहकारी सङ्घले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुुपर्ने प्रस्ताव गरेको छ।

यता सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ। यी सबै प्रस्ताव मात्र हुन्। बोर्डले यी सबै विषयको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुुग्ध विकास बोर्डको तयारी रहेको छ। याे खबर गोरखापत्र दैनिकमा छ ।

ताजा समाचार

भक्तपुर उद्योग बाणिज्य संघको ३४ औ बार्षिक साधारण सभा, उत्कृष्ट ५ निर्यातकर्ताहरु सम्मानीत ।

Madhyapur Diary

आरसि कोला अब नेपाली बजारमा आउँदै ।

Madhyapur Diary

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy