विश्व

पाकिस्तानमा एकै महिलाले जन्माईन ७ सन्तान

Buzz Education

असोज २ -पाकिस्तानको पख्तुनख्वाको एबटावाद सहरमा एक महिलाले एकै पटक सात बच्चा जन्माएकी छिन् । ऐबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले एकै पटक चार छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।
अस्पतालले दिएको जानकारीअनुसार सबै बच्चा र आमाको अवस्था स्थिर छ । पिता बनेका यार मोहम्मदले सात सन्तान एकै पटक प्राप्त भएकोमा खुशी व्यक्त गरे । यसअघि नै उनका दुई छोरी छन् ।


अस्पतालकी डाक्टर हिना फेयाजका अनुसार जाँचबाट महिलाको पेटमा कम्तीमा पाँच बच्चा रहेको थाहा भएको थियो । साथै महिलाको रक्तचाप पनि उच्च थियो । यस्तोमा शल्यक्रियाबाटै बच्चा जन्माउनु उचित हुन्थ्यो । उनकाअनुसार शल्यक्रिया करिब एक घण्टासम्म चलेको थियो ।
डाक्टर फेयाजकाअनुसार महिलाले गर्भाधारण हुने औषधि लिएकी थिइन् । त्यसैले एकभन्दा धेरै बच्चा बसेका हुन् । उनले यस्ता औषधि खाँदा विशेषज्ञ डाक्टरको परामर्श अनिवार्य लिन सुझाएकी छिन् । एकभन्दा धेरै बच्चा बस्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने उनको भनाइ छ ।
ऐजेन्सी –

Buzz Education

ताजा समाचार

आई एस को नया तालीवान माथि कडा टिप्पणी

Madhyapur Diary

उच्च रुपमा बेलायतमा बढ्यो संक्रमणको दर

Madhyapur Diary

आमा बनिन प्रिति जिन्ता

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy