असोज – २६ – काठ्मान्डौ उपत्यकामा १९२ बर्ष पछि समुन्द्री सतहदेखि १३६० मिटर सम्मको उचाईमा पाईने बिरलै मात्र बसाई सराई गर्ने “पानी गौथली ” मध्यपुर ८ स्थित बोडेको मनोहरा खोला किनारामा फोटो सहित अभिलेख गरीएको छ।
मध्यपुर थिमिको बोडेका स्थानीय बासिन्दा, पर्यटन ब्यबसायि तथा बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठ तथा बन्यजन्तु फोटोग्राफर सुगम ताम्राकारले हालै उपत्यकाको मिनी कोशि टप्पुका नामले चिनीएको मनोहरा परिसरमा फोटो सहित अभिलेख गरेका हुन ।
पछिल्लो समय बोडेको मनोहरा किनार क्षेत्र पंक्षी प्रेमी हरुका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । कारण यहाँ पछिल्लो समय थुप्रै प्रजातिका देशि बिदेशी चराहरू देखिने गरेका छन । मिनी कोशि टप्पु अर्थात मनोहरा किनारामा आउने चराहरूको भने फोटोग्राफर सन्जय था श्रेष्ठको नेतृत्वको पंक्षी प्रेमी फोटोग्राफर समुहले निगरानी गर्दै आएका छन ।
पानी गौथली नेपालको तल्लो भूभागहरूमा ग्रिस्मयाममा
बच्चा कोरल्ने समयमा देखिने गरेका छन । पानी गौथली १९ औ शताब्दीमा ब्रायन हडसनले काठ्मान्डौ उपत्यकामा पहिलो पटक नमुना संकलन गरेका थिए । उनले उपत्यकाको कुन भुभाग बाट नमुना लिईएको थियो भनि उल्लेख गरेका भने थिएनन । पछि सन १८४४ मा प्रकाशित लेखले सन १८२९ मा गरिएको उक्त अभिलेख पश्चात उपत्यकामा हालसम्म कहिं कतै उक्त प्रजातिको चरा नदेखिएको ले झन्डै दुई शताब्दीमा यस प्रजातिको अभिलेख बन्यजन्तु फोटोग्राफर द्वय सन्जय था श्रेष्ठ र सुगम ताम्राकार ले फोटो सहित गरीएको बरिष्ठ पंक्षी बिद्ध द्वय डा. हेमसागर बराल र क्यारोल इन्सिकप बताउनु हुन्छ ।
नेपालमा संरक्षित क्षेत्रहरू बिशेषतया शुक्लाफांटा राष्ट्रिय निकुन्ज, बर्दीया राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुञ्ज र कोशि टप्पु बन्यजन्तु आरक्षमा पाईने गरेका छन । संरक्षित क्षेत्रहरू बाहीर भने दाङको देउखुरी उपत्यका, जगदिशपुर जलाशय, कपिलबस्तु, राप्ती सिमसार क्षेत्र, रुपन्देही स्थित लुम्बीनी फार्मल्याण्ड र मकवानपुरको राप्ती खोलामा समेत भेटिएको पाईएको छ।
नेपालको रातो किताबमा उल्लेख गरिएको अनुशार तनहुँको कालिगण्डगी नदी क्षेत्र, रौतहतको बागमती र बकैया खोला क्षेत्र, सिरहाको कमला खोला, संखुवासभाको अर्चले गाउँ तथा तुम्लिङटार क्षेत्र, सुन्सरीको जब्दी क्षेत्र र झापाको माईखोलामा समेत अभिलेख गरिएको पाईएको छ।
कहिले काही हजारौको संख्यामा पनि एक साथ देखिने यो प्रजातिको चरा मुख्यतया घाम लागेको समयमा बिश्राम गर्ने र बादल लागेको समयमा सक्रिय हुने स्वभावको हुन्छ । बिशेषगरी ढुङगेनी बगर तथा बलौते किनारहरूमा यो चरा देखिंदै आएको पर्यटन ब्यबसायी तथा बनजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठले बताउनु भयो ।
हालै मात्र करिब ३ हजारको संख्यामा पानी गौथली चरा कोशि क्षेत्रमा देखिएको थियो भने झन्डै ४ हजारको आसपासमा कैलालीमा देखिएको छ।
अहिले काठमान्डौ उपत्यका लगाएत देशका बिभिन्न नदीनाला हरुमा बढ्दो प्रदुषण, बालुवा तथा ढुङगाको अनाधिकृत एवम अत्याधिक दोहन, चोरी शिकार, किटनाशक बिषादीहरूको अनियन्त्रित प्रयोग, प्रजनन योग्य बासस्थानहरुको बिनाश ले “पानी गौथली ” बर्तमान समयमा लोपन्नमुख प्रजातिको चरामा समावेश हुने सम्भावना देखिंदै आएको छ।
मनोहरा खोलाको मिनी कोशि टप्पु क्षेत्रमा दुर्लभ चराहरू एकपछी अर्को भेटी रहंदा भने सो क्षेत्र नै अहिले बालुवा तस्करीको केन्द्र बन्न पुगेको छ । एकातर्फ तीब्र रूपमा पंक्षी पर्यटनको सम्भावना बोकेर बोडे को मिनी कोशि टप्पु क्षेत्र परिचित बनिरहदा दैनिक पचासौ जनाको संख्यामा बालुवा तस्करहरूले दिनदाहाडै दिनको हजारौ बोरा बालुवा चोरी निकाशि गरीरहदा पनि स्थानिय निकाय मौन देखिने गरेको छ ।
१९२ बर्ष पछी भेटिएको पानी गौथली चरा लगाएत अन्य स्थानीय तथा आगन्तुक राष्ट्रिय अन्तराष्ट्रिय चराहरूको क्रिडास्थल बन्दै गएको बोडेको मनोहर मिनीकोशि टप्पु क्षेत्रको बिशेष संरक्षण र संवर्द्धन आवश्यक रहेको पंक्षी प्रेमी बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठ बताउनु हुन्छ।
संस्कृतिक सम्पदा जोगाउने मामलामा नाम र प्रसिद्धि कमाएको मध्यपुर थिमि नगरपालिकाले तत्काल मनोहरा क्षेत्रबाट बालुवा चोरी निकाशि कार्य रोकि चराचुरुङगीको प्रिय बासस्थान बन्दै गएको मनोहरा मिनी कोशि टप्पु क्षेत्रको संरक्षणमा तत्काल कदम चाल्न आवश्यक देखिएको छ ।
बिज्ञान श्रेष्ठ
मध्यपुर डायरी संबाददाता