१३ पटकको बिजेता रियल म्याड्रिड लाई स्तब्ध पार्ने गरी मंगलबार प्रतियोगिता कै सबैभन्दा कम अनुभब भएको क्लब सेरिफ टिरासपोल संग पराजित हुन पुगेको छ ।
सबास्टियन थिलले खेलको अन्तिम मिनेटमा गोल गर्दै मोल्डोभियन च्याम्पियनलाई स्यान्टियागो बर्नेबाउमा चर्चित २–१ को जीत दिलाएका हुन् । खेलमा जासुरबेक याकसीबोएभले टिरासपोललाई २५ औँ मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा करिम बेन्जेमाले पेनाल्टीमार्फत खेल बराबरी गरे । तर, खेलको अन्त्यमा थिलले उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक जीत दिलाए ।

खेलमा नियन्त्रण भने रियलले बनाएको थियो । ७६ प्रतिशत बललाई नियन्त्रणमा राखेको रियलले ३१ पटक विपक्षीको पोष्टमा प्रहार गर्दा लक्ष्यमा ११ पटक परेको थियो । रियलका प्रशिक्षक कार्लो एन्चेलोटीले आफ्नो टोली जीतको हकदार भएको बताउँदै आफू थोरै दुःखी भएको बताए ।
यो खेल नतिजाले बिश्व भरीका रियल म्याड्रिड फ्यान हरुलाई स्तब्ध पारेको छ ।