खेलकुद समाचार

मध्यपुर लिग अन्तरगत १३ औ खेलमा वडा न ६ बिजयी ।

Buzz Education

जारी मध्यपुर लिग अन्तरगत मंगलबार सम्पन्न वडा न ६ र वडा न ३ बिचको खेलमा वडा न ६ बिजयी भएको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफको सुरुवातमै ४९ औं मिनेटमा जर्शी न ३१ का डिफेन्डर दिवश राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ सुस्त देखिए पनि दोस्रो हाफमा भएको गोल पश्चात भने खेलले केही गतीलिएको थियो । वडा न ३ ले केही प्रहार गरे पनि गोलमा परिणत गर्न सकेन भने बढी जसो समय खेल आफ्नो पकडमा पारेको वडा न ६ ले पनि धेरै अवशरहरु गुमाएको थियो । वडा न ३ का जर्शी न १३ का प्रनिश शिलवाल ले ४४ औं मिनेटमा, जर्शी न ८ का बिक्रम केशीले २३ औ मिनेटमा त्यस्तै जर्शी न २० का अमर बहादुर नेवा:ले ४७ औ मिनेट तथा जर्शी न ७ का सन्जीब कुटुले खेलको ८१ औं मिनेटमा पहेलो कार्ड पाएका छन । खेलको म्यान अफ द म्याच वडा न ६ का दिवश राई घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुर -४ लायकुमा बृहत स्वास्थ्य शिबिर सम्पन्न । ३२५ ब्यक्तिले जचाय मुटु

Madhyapur Diary

काठ्मान्डौमा अब सभा, जुलुश, भिडभाड गर्न नपाईने

Madhyapur Diary

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाउदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy