Uncategorized

मध्यपुरको मनोहरामा भेटियो दुर्लभ बिरल बटुवा ठूलो कस्दरी चरा ।

Buzz Education

भदौ – २३ – काठ्मान्डौ उपत्यकामा चराचुरुङगी अवलोकनका लागि गन्तब्य बन्दै गएको भक्तपुर स्थित मध्यपुर थिमि नगरपालिका ८ बोडेको मनोहरा किनारमा विरल बटुवा ठूलो कस्दरी काठमाण्डौं उपत्यकाको मनोहरा खोला क्षेत्रमा उपत्यकाका लागि पहिलो पल्ट अभिलेख भएको छ।
फ्रान्क यम वेलीले सन् १९३८ को फेब्रुअरी महिनामा मोरङ जिल्लामा नेपालका लागि पहिलो पल्ट अभिलेख गरेको यो कस्दरी पंछी अवलोकनका क्रममा वन्यजन्तु फोटोग्राफर तथा प्रकृतिप्रेमिहरु सञ्जय था श्रेष्ठ, युबिन श्रेष्ठ र दिपक बुढाथोकी को टोलीले हिजो फोटो सहित भेटेका थिए।

सन् २०१६ सम्म फिरन्ते प्रजातिका रूपमा देखिएको यो कस्दरी वाँकेको नेपाल‌गञ्जमा एक पटक र धेरै जसो अभिलेख चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र तथा मध्यवर्ति क्षेत्रमा गरिएको छ।
त्यसैगरी कोशी वर्ड अब्जरभेटरी तथा प्रकाशपुर क्षेत्रमा समेत भेटिएको नेपालका संकटापन्न पंछीहरुको रातो कितावमा उल्लेख गरिएको छ।

तस्वीर – बन्यजन्तु फोटोग्राफर संञ्जय था श्रेष्ठ

नेपालमा समुन्द्री सतहको ७५ देखि २५० ‌मिटर सम्म देखिएको यो प्रजाति १३६० मिटरमा पहिलो पल्ट समेत अभिलेख भएको हो। धापिलो जमिनहरुको खण्डिकरण, ह्रास, अवैध चोरी शिकार का कारणहरुले यो प्रजाति खतरामा रहेको छ।

 

Buzz Education

ताजा समाचार

मध्यपुरको कमेरोटारमा पानी बोक्ने गाडी दुर्घटना ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

अधिवेशनका लागि चितवन पुगे ओली ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy