राजनीति समाचार समाज

मंशिर ४ को प्रदेश सभा चुनाबमा मध्यपुर कांग्रेसका कुन कुन नेताको छ उम्मेदबारी सम्भाबना ?

Buzz Education

स्थानीय तहको निर्वाचन सम्पन्न भई सकेको ४ महिना बिति सकेको छ । तर बजारमा यतिबेला भने यहि मंशिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको बिषयलाई लिएर चर्चा हुन थालिसकेको छ। नेताहरू आ-आफ्नो गृह जिल्ला पुगि मतदाता रिजाउन थालिसकेका छन भने कुन नेता कुन क्षेत्र बाट चुनाब लड्ने धमाधम घोषणा र आंकलनहरू गरिन थालि सकेको छ । यसै क्रममा नेपाल अधिराज्य भरिकै सानो जिल्ला भक्तपुर र निक्कै कडा प्रतिस्पर्धा हुने गरेको निर्वाचन क्षेत्र न २ ख बाट प्रदेश सभा चुनाबका लागि नेपाली कांग्रेसको तर्फबाट सम्भाबित प्रदेश सभा सदस्य उम्मेदबार हरुको नाम लाई लिएर मध्यपुर क्षेत्र तातिएको छ । अडकलबाजीका बीच कुन कांग्रेस नेताले यस पटकको प्रदेश सभा सदस्य निर्वाचनको लागि टिकट पाउने हुन त्यो त समय र परिस्थितिले बताउला तर सुत्रहरु बाट प्राप्त सम्भाबित वा दाबेदारी गर्न सक्ने केही नेतृत्वका नामहरू जस्लाई लिएर मध्यपुर अहिले गर्मिएको छ ।
बागमती प्रदेश भक्तपुर क्षेत्र न २ ख को प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पहिलो सम्भाबित नाम हो हरिदास प्रजापति । हरिदास प्रजापति २०५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष बनिसकेका छन भने २०७४ सालमा नसस रहिसकेका छन । हाल हरिदास प्रजापति नेपाली कांग्रेस नगर सभापतिका रूपमा नेतृत्व प्रदान गरीरहेका छन । समाज सेवा र राजनितिमा उनको नाम पुरानै हो भने नगरबासीका बीच लोकप्रिय र अग्रज कांग्रेस नेताहरूका बिश्वास पात्रका रूपमा समेत रहेका छन । यस अर्थमा पनि उनको सम्भाबना बढी रहेको स्थानीय समिक्षकहरु बताउंछन ।
त्यस्तै कांग्रेस नेता रामचन्द्र श्रेष्ठ पनि अर्को सम्भाबित नाम हो । दुई चोटी नगर सभापतिका रूपमा नेतृत्व प्रदान गरी सकेका उनको चर्चा प्रदेश सभा सदस्य उम्मेदबारका रुपमा रहेको छ ।
अर्को नाम हो राम थापा मगर । २०७४ सालको स्थानीय चुनाबमा वडा न २ बाट वडा अध्यक्ष भएर सफलता पूर्वक जिम्मेबारी निभाई सकेका उनी युवा पुस्ता माझ अझ लोकप्रिय छन भने हाल पनि उनको राजनितिक सक्रियता कायमै छ ।
त्यसै गरी अर्को कांग्रेस नेतृत्व हो ओम श्रेष्ठ । ओम श्रेष्ठको नाम पनि यतिबेला सम्भाबित प्रदेश सभा सदस्य उम्मेदबारका रूपमा चर्चामा छ । बिगतमा उनी वडा अध्यक्ष भएर कार्यकाल सम्हालेको रेकर्ड छ भने समाज सेवामा पनि उनको छबि रामै देखिन्छ ।
आगामी बागमति प्रदेश सभा सदस्य सम्भाबित उम्मेदबारको लागि महिलाहरूको नाम पनि आउने गरेको छ । यसै क्रममा २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट मध्यपुर थिमि नगरपालिका उपप्रमुख भई सफल कार्यकाल सम्हाली सकेकी अन्जना देबी मधिकर्मी पनि सम्भाबनाको रूपमा चर्चामा छिन । शिक्षण पृष्ठभूमि र महिलाहरूको हक अधिकारका सवालमा डटेर लागि पर्ने कांग्रेस नेतृका रूपमा उनी चिनिन्छिन । समिक्षकहरू मर्धिकर्मि पनि एक सम्भाबित उम्मेदबारका रूपमा लिन्छन ।
जबकि लामो समयदेखि मध्यपुर कांग्रेसमा कृयाशील समाजसेवी व्यक्तित्व सन्तोष भटराई पनि चर्चा हुने गरेको छ । यस बाहेक पनि बिगत नेपाली कांग्रेस जिल्ला सभापतिका रूपमा भूमिका खेलि सकेका र नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका गणेश मान चक्रधरलाई पनि प्रदेश सभा सदस्य दाबेदारीको सम्भाबना बोकेका नेतृत्वका रूपमा लिएको छ । तर गणेश मान चक्रधरले यस्मा रुचि देखाई सकेको प्रस्ट संकेट प्राप्त भइनसकेको तर सम्भाबना काममै रहेको शुत्रहरू बताउँछन ।
जेहोस मंशिर नजिकिए संगै मध्यपुरको राजनितिमा पनि यतिबेला माहोल बन्ने क्रम सुरु भई सकेको छ ।

 

Buzz Education

ताजा समाचार

मध्यपुरमा नेकपा माओबादी केन्द्रको नगर अधिवेशन उदघाटन ।

Madhyapur Diary

दोस्रो सानोठिमी आन्तरिक तेक्वान्डो प्रतियोगिता सम्पन्न

Madhyapur Diary

२५० करोड भन्दा बढी मूल्यको बुद्द मूर्ति नेपाल ल्याईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy